• २१ वैशाख २०८१, शुक्रबार

२४ वटा शव पोस्टमार्टम गर्न पठाइयो : पाइलट कमल केसी, को–पाइलट अन्जु खतिवडाको अवस्था अन्योल

blog

रमेश पौडेल

पोखरा, माघ १ गते । पोखरामा दुर्घटनामा परेको जहाजका २४ वटा शवलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्ट मार्टमक लागि लगिएको छ ।

घटनास्थलमा रहनुभएका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले आफ्नो छेउबाटै १३ वटा शव निकालिएको बताउनु भयो ।

नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको ठूलो भीड लागेकाले विस्तृत विवरण आउन बाँकी छ, उहाँले भन्नुभयो । 

विमानमा पाइलट कमल केसी, को–पाइलट अन्जु खतिवडा रहेको जानकारी प्राप्त भएको छ ।