महोत्तरीको जलेश्वरस्थित भूमिसुधार तथा मालपोत कार्यालयका कर्मचारीहरूको मिलेमतोमा सरकारी सार्वजनिक जग्गा (पोखरी) व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पाकिस्तानले भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने विश्वकपमा भारतसँग नखेल्ने घोषणा गरेको छ ।
राष्ट्रिय सभाका सदस्यहरूले सदाचार नीति लागु हुन नसक्दा भ्रष्टाचार मौलाइरहेको बताउँदै विकासमा गतिशीलता र सुशासन एवं सदाचार कायम गर्न चाँडै त्यस्तो नीति ल्याउन आग्रह गर्नुभएको छ ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा रजत जयन्ती मनाउने भएको छ ।
राष्ट्रिय सभाको आजको बैठकमा दुई वटा प्रतिवेदन पेस भएको छ ।
संयुक्त राज्य अमेरिकामा फैलिएको शक्तिशाली हिउँको आँधीको कारण २४ सय भन्दा बढी उडान रद्द भएको जनाइएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाको बैठकलाई आज पहिलो पटक सम्बोधन गर्दै तोकिएको समयमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधि सभाको निर्वाचन हुने विश्वास व्यक्त गर्नुभएको छ ।
स्वास्थ्य बिमा कार्यक्रमलाई आवश्यक सुधार गरेर लानुपर्ने सांसद रेणु चन्दले माग गर्नुभएको छ ।
मनाङ, माघ १९ गते । मनाङको ङिस्याङ गाउँपालिका-४, हुम्देस्थित विमानस्थल र आसपास क्षेत्रमा परेको हिउँ ।
दक्षिणपन्थी राजनीतिक वैज्ञानिक लौरा फर्नान्डिज कोस्टारिकाको राष्ट्रपति निर्वाचित हुनुभएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गराउनका लागि नेपाल प्रहरीको भूमिका संवेदनशील र निर्णायक हुने बताउनुभएको छ ।
अस्ट्रेलियामा १६ वर्ष मुनिका प्रयोग कर्ताको सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने कानुन अनुसार स्न्याप च्याटले चार लाख १५ हजार खाता बन्द गरेको कम्पनीले सोमबार जनाएको छ ।
इरानी सर्वोच्च नेता अयातुल्ला अली खामेनीले अमेरिकाले आक्रमण गरे क्षेत्रीय युद्ध हुन सक्छ भनी चेतावनी दिए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता हुने आशा व्यक्त गर्नु भएको छ ।
नेपाली कांग्रेसका बाजुराले आफ्नो चुनावी घरदैलो अभियान सुरु गरेको छ ।
राष्ट्रिय सभाको बैठक सुरु भएको छ ।