• १९ माघ २०८२, सोमबार

नेपाली कांग्रेसको घरदैलो अभियान सुरु

blog

बुढीगङ्गा–१०, तिमाडाका स्थानीयवासी गिरीलाई सम्मान गर्दै । तस्बिर सौजन्य : योगेन्द्र रावत

शेरबहादुर सार्की

बाजुरा, माघ १९ गते । नेपाली कांग्रेसका बाजुराले आफ्नो चुनावी घरदैलो अभियान सुरु गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य जनकराज गिरी यस पटक उम्मेदवार हुनुहुन्छ । 

जिल्लाको तल्लो क्षेत्रमा पर्ने बुढीगङ्गा नगरपालिका–१०, तिमाडा टोलबाट कांग्रेसले आज आफ्नो घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमको सुरु गरेको हो । 

नेपाली कांग्रेसका उम्मेदवार गिरीले आज एक कार्यक्रमका साथ तिमाडाका ८० वर्षीया नरेदमाईको हातबाट किटा ग्रहण गरेर आफ्नो घरदैलो अभियान कार्यक्रम सुरु गरेको बुढीगङ्गा नगरपालिका–१० का स्थानीय रमेश नेपालीले बताउनुभयो । 

उहाँले भन्नभुयो, “तल्लो क्षेत्रको तिमाडामा पहिलादेखि कांग्रेसको सक्रिय कार्यक्रताको रूपमा रहेका ज्येष्ठ नागरिक नरेदमाईको हातबाट गिरीले टिका ग्रहण गर्दै आफ्नो चुनावी अभियान अन्गर्तत घरदैलो अभियान सुरु गरेका छन् ।” 

उहाँले यसरी वयोवृद्ध दलित नागरिकको हातबाट आफ्नो घरघरदैलो अभियान सुरु गरेकोले यसलाई यहाँका सम्पुर्ण दलित परिवार तथा अन्य स्थानीयले सकारात्मक लिएका छन् । घरदैलो कार्यक्रम गर्ने क्रममा उम्मेदवार गिरीले तिमाडावासीका समस्या, आवश्यकता तथा सुझावहरू समेत सङकलन गर्दै पुरा गर्ने वचन दिएर जानु भएको नेपालीले बताउनुभयो ।

उम्मेदवार गिरी बाजुराका स्थानीयवासीले एक इमानदार नेताको रूपमा लिने गरेका छन् । यती बेला बाजुरादेखि गिरी प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारको रूपमा चुनावी मैदानमा उत्रिनु भएको छ । गिरी २०५६ सालको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा २३ हजार १२९ मतका साथ विजयी हुनुभएको थियो । त्यति बेलाको उहाँको निकटम प्रतिद्धन्दीका रूपमा रहेका एमालेका कर्णबहादुर थापाले एघार हजार ६३ र हिक्मत शाहीले नौ हजार ११० मत प्राप्त गर्नुभएको थियो । 

त्यसैगरी २०७४ सालमा गिरी प्रदेश सभा सदस्यका लागि प्रदेश (क)बाट भने गिरी एमालेका बलदेव रेग्मी सँग प्राजित हुनुभएको थियो । एमालेका रेग्मीले नौ हजार ८४० र गिरीले आठ हजार ३०१ मत प्राप्त गर्नुभएको थियो । 

गिरीको यसपालि पनि जित्ने सम्भावना देखिएको छ । यतिबेला गिरी एमालेको लालबहादुर थापा नेपाली कम्युनिस्ट पार्टीका प्रकाश शाह लगायतका नयाँ युवासँग प्रतिस्पर्धा रहेको छ । 

नेपाली कांग्रेस पार्टीले सुरु गरेको घरदैलो अभियानमा नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री बद्रि पाण्डे, पूर्व संविधान सभा सदस्य महा नेपाली, पूर्व सभापतिद्वय कविराज पण्डित, मानबहादुर रावल, नेता चक्र शाह, योगेन्द्र रावल लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको युवा नेता योगेन्द्रबहादुर रावलले बताउनुभयो ।