अविनाश चौधरी
धनगढी, वैशाख १६ गते । कैलालीको लम्कीचुहा प्रादेशिक अस्पतालमा सुदूरपश्चिम प्रदेश सरकारले कर्मचारी खटाएको छ ।
सर्वोच्च अदालतले प्रदेश सरकारको पक्षमा निर्णय गरेर प्रादेशिक अस्पताल बनाउने बाटो खोलि दिएपछि सरकारले दुई जना कर्मचारी पठाएको हो । सरकारले निमित्त मेडिकल सुपरिटेन्डेन्टमा आठौँ तहका मेडिकल अफिसर डाक्टर कमलेशप्रसाद यादव र छैटौं तहका लेखा अधिकृत गणेश विष्टलाई खटाएको छ । वैशाख १५ गतेको सामाजिक विकास मन्त्राल (प्रदेश सचिवस्तर) निर्णयानुसार यादब र सोही मितिको आर्थिक मामिला मन्त्रालयले बिष्टलाई कामकाज गर्न खटाएको हो ।
यसअघि वैशाख १४ गते अस्पताल विवादबारे परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रदेश सरकारका नाममा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । चैत्र २४ गते नगरपालिकाले सर्वोच्चमा अदालतमा लम्कीचुहा अस्पतालको विवादबारे अन्तरिम आदेश माग्दै रिट दायर गरेको थियो ।
सर्वोच्चको यो निर्णयसँगै प्रादेशिक अस्पतालको बाटो खुलेको हो । सुदूरपश्चिम प्रदेश सरकारले प्रादेशिक अस्पताल सञ्चालनका लागि चालु आर्थिक वर्षमा साढे चार करोड रकम विनियोजन गरेको छ । भने लम्कीचुहा प्रादेशिक अस्पतालका लागि १४६ जनाको दरबन्दी स्वीकृत गरेको छ ।