वैशाख १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जारी’को टिजर सार्वजनिक भएको छ ।
पर्वत, कास्कीलगायतका जिल्लाको विद्युत आपूर्ति सुधार गर्न र मोदी, सेती, मादी तथा सर्दी नदीमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका लागि नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजना निर्माण गरिएको हो ।
सर्वोच्च अदालतमा बुधबार संवैधानिक नियुक्तिविरुद्ध रिटमा सुनुवाइ हुँदैछ । संवैधानिक नियुक्तिविरुद्ध अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, समृत खरेल र कीर्तिनाथ शर्मा पौडेलले दायर गर्नुभएको रिटमा आज सुनुवाइ हुन लागेको हो ।
गण्डकी प्रदेश सरकारको स्थापना दिवसका अवसरमा फागुन ४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिइने भएको छ । गत वर्ष चैत २३ गतेको बसेको मन्त्रिपरिषद् बैठकले यो वर्षका बिदाबारे निर्णय गरेको थियो ।
टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गतेको भूकम्पमा परी ४१ हजारभन्दा बढीको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् । दुवै देशमा हजारौँ घरबारविहीन भएका छन् ।
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । नयाँ बानेश्वपरस्थित संसद् भवनमा बुधबार मध्याह्नदेखि बैठक सुरु भएको हो ।
मुस्ताङको जोमसोमबाट पोखराका लागि छुटेको म्याग्दी कोरलाको ना ७ ख ७४४० नम्बरको यात्रुबाहक बस बेनी–जोमसोम कोरला सडक अन्तर्गत लेतेमा दुर्घटना भएको छ ।
विगत पाँच वर्षदेखि म सन्ध्याको खोजीमा थिएँ । म उसको हत्या गर्न चाहन्थेँ । मेरो जीवन त्यस्तो प्रतिकूल यात्रा थियो जसको अगाडि केवल भीर थियो । पछाडि फर्कन मेरो स्वभावले दिँदैनथ्यो । म बारम्बार एउटै कुराले उत्पीडित थिएँ । त्यो मेरो जन्मसँगै अभिन्न रूपमा टाँसिएर आएको जातीय पीडा थियो । जातकै कारण म लगभग एक दलित युवकको नियति भोगिरहेको थिएँ । गरिबी त्यसको अभिन्न अङ्ग थियो । प्रेममा
फ्रेन्च महारथि पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबल अन्तर्गत प्रिक्वार्टर फाइनल खेलको पहिलो लेगमा जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भएको छ ।
निद्राबाट आँखा खुल्नासाथ कथावस्तु खोज्ने क्रममा मैतीदेवीका वरिपरि घुमेँ । सबै बासी पात्र भेटिए । केको कथा लेख्नु ? मभित्र निराशा चल्मलाउँदै थियो । यसै अन्यमनस्क भाव बोकेर सेतो पुल मुन्तिर पुगेको थिएँ । ‘म छु, यहाँ म छु ।’ आवाजसँगसँगै फोहोरको डङ्गुर मास्तिर केही चल्मलाएको पनि देखियो ।
मङ्गली चेपाङ । गाउँबाट सहर जानका लागि काउलेका भीरको बाटो ओह्रालो झर्नुअघि उसको परिचय त्यसमा नै सीमित थियो– मङ्गलबार जन्मिएकी हुनाले न्वारानका दिन चेपाङ समुदायको नाइकेले उसको नाम त्यही राखिदिएको थियो । तर जब ऊ प्रजा विकास कार्यक्रमअन्तर्गत भरतपुर पुगेर हेर्न सकेभन्दा पनि फराकिलो संसार देखी, त्यसको जीवनमा आमूल परिवर्तनका अनेकौँ रेखाहरू कोरिँदै जान थाले ।
नेपाली गीतमा प्रेमका अनेक स्वरूपहरू पाइन्छन् । प्रेम अत्यन्त तरल भाव हो । यसको विशालता शब्द र व्यवहार दुवैका माध्यमबाट प्रकट हुन्छ । यो जति वैयक्तिक छ, त्यति नै सार्वजनीन पनि छ । प्रकृतिमा प्रेमका अनेक आयामहरू छन्, रतिरागात्मक भावमा जागृत हुने प्रणय प्रेमलाई मानव समाजले विशिष्टीकृत गरेको छ, यस
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज (बुधबार) मैत्रीपूर्ण खेलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ । चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा साँझ ७:४५ बजे सुरु हुनेछ ।