इनरुवा नगरपालिकामा जारी इनरुवा उत्सव तथा चलचित्र महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको उपस्थितिले दर्शक उत्साहित भएका छन्।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निर्वाचित हुने राष्ट्रपतिले राष्ट्रिय हितको प्रवर्द्धन , देशभक्तिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षालाई केन्द्रबिन्दुमा राख्नुपर्ने बताउनुभएको छ ।
कैलालीको कैलारी गाउँपालिकाले हिउँदे अधिवेशनबाट पाँच वटा विधेयक पारित भएका छन्। बिहीबार बसेको सो पालिकाको गाउँ सभा बैठकले सभा समक्ष प्रस्तुत सबै विधेयक पारित गरेको हो।
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल र काठमाडौं महानगरका प्रमुख बालेन साहबीच भेटवार्ता भएको छ । भेटमा काठमाडौं–५ को विकासका लागि संघ र स्थानीय सरकारबीच आपसी समन्वय, सहयोग र सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको सांसद पौडेलले बताउनुभयो ।
साइबर सुरक्षाका क्षेत्रमा नीतिगत, कानुनी, संरचनागत र प्रक्रियागत सुझावसहित प्रतिवेदन तयार पार्न सरकारले उच्चस्तरीय समिति गठन गरेको छ ।
इन्जिनियर सागर ढकालले सुदूरपश्चिम प्रदेश कला र संस्कृतिले देशकै धनी प्रदेश भएको बताउनुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको नेतृत्वमा गएको टोलीले फलफूल तथा तरकारीमा विषादी परीक्षणका लागि सञ्चालित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाको अनुगमन गरेको छ ।
आलु खेतीका लागि उर्वरभूमि नुवाकोटका कृषकलाई आलु खन्ने चटारो छ । पछिल्लो १५ वर्षदेखि यहाँका किसानमा आलुखेतीप्रति आकर्षण बढेको छ ।
भोलि (शुक्रबार) बाट नेपालमा सातौँ अन्तर्राष्ट्रिय आयुर्वेद महासभा सुरु हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र भारत सरकारको आयुष मन्त्रालयको सहयोगमा फागुन १९ गतेदेखि २१ गतेसम्म तीन दिनसम्म सञ्चालन हुने भएको हो ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गतेको प्रतिनिधि सभा बैठकमा एमाले अध्यक्ष केपी ओलीले संसद् विघटन ठीक थियो भन्ने अभिमत जाहेर गरेपछि आफूहरूले नयाँ विकल्प खोजेको बताउनुभएको छ।
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेपाली आठ दलीय गठबन्धनमा कांग्रेसका तर्फबाट राष्ट्रपतिमा उम्मेदवार दिनुभएका वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित भएको दाबी गर्नुभएको छ ।
सभामुख देवराज घिमिरेले प्रजातान्त्रिक योद्धा रामप्रसाद राईबारे थप खोजी, अध्ययन र अनुसन्धान आवश्यक रहेको बताउनुभएको छ ।
कान्तिपुरका विहारमा सबैभन्दा ठूलो र पुरानोमध्ये एक केशचन्द्रकृत पारावत् महाविहारमा आज (बिहीबार) ४० जनाको प्रब्रज्याभिषेक (बन्दे छुइगु) गरिएको छ ।
आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत जित्नै पर्ने अन्तिम खेलमा नेपालले घरेलु टोली युएईलाई एक सय ९२ रनको मध्यम लक्ष्य दिएको छ ।
हात्तीको आक्रमणबाट जितपुरसिमरा उपमहानगरपालिका-१६ टांगियाबस्तीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४५ वर्षीय गापाङ दर्लामी रहेको बारा प्रहरीले जनाएको छ। हात्तीको आक्रमणबाट बुधबार साँझ दर्लामीको घटनास्थलमा मृत्यु भएको हो।