स्थानीय गीतानगरमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आचारसंहिता कार्यान्वयनमा स्याङ्जामा कडाइ गरिएको छ ।
चालु आर्थिक वर्षको सात महिना बित्न लागेको छ । साउन १ गतेदेखि आरम्भ हुने हरेक नयाँ आवको बजेटको पुस मसान्तसम्मको समीक्षा हुने गरेको छ । यसलाई अर्धवार्षिक मूल्याङ्कनसमेत भन्ने गरिएको छ । पहिलो छ महिनाको बजेट कार्यान्वयनको समीक्षा अत्यन्तै महत्वपूर्ण हुन्छ । बजेट कार्यान्वयनमा भएको कमीकमजोरीलाई आगामी दिनमा सुधार गर्न सकिन्छ । अर्थ म
लमजुङका स्थानीय तहहरुले आफ्नो संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) को नतिजा सार्वजनिक गर्न ढिलाइ गरेका छन् । कार्यविधि अनुसार निर्धारित मिति सकिदा पनि जिल्लाका कुनैपनि स्थानीय तहहरुले सामान्य प्रशासन मन्त्रालयको वेभसाइटमा संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजा नराखेको पाइएको हो ।
संयुक्त राज्य अमेरिकाका लागि सन् २०२६ विशेष महत्व राख्ने वर्ष हो । विगत २५० वर्षका उपलब्धिबाट उत्साह बटुलेर त्यसभन्दा रहरलाग्दो अर्को क्षितिज छुने लक्ष्य तय गर्नुपर्ने घडी छ । ‘अमेरिकालाई फेरि विशिष्ट बनाउनु छ’ भन्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको नारा वल्लो समुद्रीतटदेखि पल्लो समुद्रीतटसम्म गुञ्जिन थालेको एक वर्ष नाघिसक्यो । अवसर अनुसारका सभा–समारोहको तयारी चल्दैछ ।
गुल्मीमा एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका– ८ का २५ वर्षीय डिल बहादुर डिमडुङ हेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
सामाजिक सञ्जाल आधुनिक समाजको अभिन्न अङ्ग बनेको छ । सूचना आदानप्रदान, नागरिक सहभागिता र अभिव्यक्ति स्वतन्त्रतालाई विस्तार गर्ने महत्वपूर्ण माध्यमका रूपमा यसको भूमिका निर्विवाद छ । राजनीतिक विचार निर्माण, सार्वजनिक बहस र नागरिक निगरानीमा सामाजिक सञ्जालले नयाँ ढोका खोलेको छ । यही शक्तिशाली माध्यमको दुरुपयोग बढ्दै जाँदा लोकतन्त्र स्वयम् सङ्कटमा प
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ स्थापना दिवसका अवसरमा आयोग परिवारलाई बधाई तथा शुभकामना दिन चाहन्छु । देशमा भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा क्रियाशील रही सुशासन प्रवर्धनमा खेलेको भूमिकाप्रति धन्यवाद व्यक्त गर्दछु । आयोगको स्थापना दिवसका अवसरमा पुरस्कृत सञ्चारकर्मी एवं आयोगका कर्मचारीलाई बधाई ज्ञापन गर्दछु ।
चुनाव जनताको सहभागिताबाट शासन चयन गर्ने विधि हो । यसको जरा प्राचीन सभ्यतासम्म पुग्छ तर आधुनिक अर्थमा चुनाव लोकतन्त्रसँगै विकसित भएको हो । विश्वमा चुनाव लोकतन्त्रको मेरुदण्ड बनेको छ भने नेपालमा यो निरन्तर सङ्घर्ष र परिवर्तनको उपज हो । नेपालका चुनावहरूले जनताको सहभागिता बढाएका छन् । गुणस्तर, नैतिकता र परिणाममुखी राजनीतिका प्रश्न अझै जीवि
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय म्याग्दीले तयारीलाई तीव्र पारेको छ ।
देश निर्वाचनको सँघारमा छ । अहिलेको परिस्थितिमा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न मतदाता नामावली अद्यावधिक, मतदाता शिक्षा, मतदान केन्द्र निर्धारण, मतदानसँग सम्बन्धित सामग्री ढुवानी, सुरक्षाकर्मी परिचालन, अनुगमन आदि ज्यादै महत्वपूर्ण हुन्छन् । यसका अतिरिक्त निर्वाचनको समयमा अत्यावश्यक हुन सक्ने आकस्मिक सेवा सुरुवाती चरणदेखि मतगणना सम्पन्न
स्याङ्जाको वालिङ नगरपालिकाले दक्ष जनशक्तिलाई पहिचानको अभियान सुरु गरेको छ । सिप जानेर पनि परीक्षण नगराएकाहरुको पहिचान गरि पालिकाले व्यवस्थित गर्ने काम गरेको हो ।
१०० वर्ष अघिको गोर्खापत्र
ताप्लेजुङमा मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि स्वयंसेवक छनोट भएका छन् । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले यहाँका प्रत्येक वडामा परिचालित हुने मतदाता शिक्षा स्वयंसेवक छनोट गरेको हो ।