पुरातत्त्व विभागले धनुषाको सबैला नगरपालिका–६, गोविन्दपुरमा प्राचीन मठेश्वरनाथ मन्दिर भनिएको स्थानमा उत्खनन सुरु गरेको छ । विभागका पुरातत्त्व विद प्रकाश दर्नालसहित तीन सदस्य टोलीले असार ७ गतेदेखि सो प्राचीन मन्दिर भनिएको स्थानको अवशेष उत्खननमा जुटेको हो ।
ओखलढुङ्गाको एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा सेतो सिमी र बुङको आलु उत्पादनलाई प्राथमिकता दिएको छ ।
स्वादिष्ट एवं सन्तुलित भोजन ‘मिथिला भोजन’ अन्तर्राष्ट्रियकरण गर्ने मुख्य उद्देश्य रहेको बिबिसीका सेफ सन्तोष साहले बताउनुभएको छ। मिथिलाको मौलिक परिकारको स्वाद विश्वमा प्रख्यात भएपछि यसले देशको आर्थिक आयआर्जन समेत बढाउने उहाँको विश्वास छ ।
कालीकोट जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नं ९ का एक शिक्षक १४ महिनापछि विद्यालयमा पुनर्स्थापित हुनुभएको छ । जनप्रभात माध्यमिक विद्यालय श्रीकोटमा शिक्षक लोकबहादुर दर्जी १४ महिनापछि हाजिर हुनुभएको हो ।
संयुक्त राष्ट्र सङ्घले मङ्गलबार विकिलिक्सका संस्थापक जुलियन असान्जको बेलायतमा नजरबन्दबाट रिहाइलाई यस मुद्दालाई निश्चित रूपमा समाधान गर्ने महत्त्वपूर्ण कदम भनी प्रशंसा गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधारको योजनासहित स्वदेशी उद्यम र उत्पादनलाई प्रश्रय दिइने बताउनुभएको छ ।
सांसदहरुले राजस्व चुहावटलाई नियन्त्रणमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक विधेयक, २०८१ माथिको सामान्य छलफलका क्रममा सांसदहरुले राजस्व सङ्कलन प्रक्रियालाई व्यवस्थित गरेर मुलुकको ढुकुटी बलियो बनाउन सुझाव दिनुभयो ।
जुलियन असान्ज अमेरिकी अधिकारीहरूसँग अपील सम्झौतामा पुगेपछि सोमबार बेलायत जेलबाट रिहा भएको विकिलिक्सले जानकारी गराएको छ । यो सम्झौताले असान्जको लगभग १४ वर्षको कानुनी सङ्घर्षको अन्त्य भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ६० अङ्कले बढेर दुई हजार ७१ दशमलव ७७ को विन्दुमा कायम भएको हो ।
प्रकृतिअघि मानव जातिले गरेका ठुलाठुला आविष्कार पनि कहिलेकाहीँ फिका लाग्छन् । हिमालपारि मनाङको यात्राभर हाम्रो मनमा यस्तै यस्तै कुरा खेलिरहे । अहो ! यी हिमाल, पाखापखेरु, तालतलैया, झरना र नदीनाला । तपाईँलाई आज हामी त्यही प्रकृतिको वैभव मनाङतिर लैँजादैछौँ । मर्स्याङ्दीको तिरैतिर, पहाडको भिरैभिर ।
तनहुँका १० मध्ये नौ वटा स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट सार्वजनिक गरेका छन् । ती पालिकाले करिब सात अर्ब ३८ करोडको अनुमानित आयव्यय सार्वजनिक गरेका छन् । सबैभन्दा धेरै बजेट व्यास नगरपालिकाको रहेको छ भने सबैभन्दा देवघाट रहेको छ ।
मोबाइलको लतको बालबालिकाको विकासमा असर पार्ने हुँदा सचेत रहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
११ गाउँपालिका रहेको स्याङ्जाकामा सात अर्ब ५९ करोड ९६ लाख २५ हजार चार सय रुपियाँ बराबरको बजेट ल्याएका छन् ।
किताबै किताबको चाङबाट उहाँ बाहिर निस्किनुभयो । कोट, पाइन्ट र ढाका टोपीमा चिटिक्क हुनुहुन्थ्यो । हातमा थान पुस्तक समाउँदै भन्नुभयो, “यो चाहिँ जापानी विदेश मन्त्रीलाई उपहार दिन छानेको छु ।
मनसुन चाँडै सुरु भई खोलामा बाढी आउँदा पूर्वपश्चिम राजमार्ग विस्तार र पुल निर्माणको काममा अवरोध भएको छ । मङ्गलबार बिहानैदेखि परेको अविरल वर्षाका कारण कोशी प्रदेशका सबै खोलामा पानीको सतह बढेको छ ।