• १३ असोज २०८१, आइतबार

असान्ज नजरबन्द मुक्तिको संयुक्त राष्ट्रसङ्घद्वारा स्वागत

blog

जेनेभा (स्वजरल्याण), असार ११ गते । संयुक्त राष्ट्र सङ्घले मङ्गलबार विकिलिक्सका संस्थापक जुलियन असान्जको बेलायतमा नजरबन्दबाट रिहाइलाई यस मुद्दालाई निश्चित रूपमा समाधान गर्ने महत्त्वपूर्ण कदम भनी प्रशंसा गरेको छ ।

“बेलायतमा नजरबन्दबाट जुलियन असान्जको रिहाइलाई स्वागत गरेको बताउँदै संयुक्त राष्ट्रसङ्घको अधिकार कार्यालयकी प्रवक्ता लिज थ्रोसेलले अन्तिम निवेदन सम्झौता अझै स्वीकृतिको प्रतीक्षामा  रहेको जनाउनुभएको छ । 

आफूहरूले बारम्बार यो विषय उल्लेख गरिसकेको जनाउँदै उहाँले यो मुद्दाले लामो समय देखि मानव अधिकारको चिन्ताको शृङ्खला खडा गरेको बताउनुभयो ।

प्रशान्त महासागरको उत्तरी मारियाना टापुको अदालतमा दायर गरिएको कागजात अनुसार असान्ज राष्ट्रिय रक्षा जानकारी प्राप्त गर्न र प्रसार गर्न षड्यन्त्रको एकल गणनामा दोषी ठहर गर्न सहमत भएका छन् । उनी बुधबार अदालतमा उपस्थित हुने छन् ।

असान्जको बढ्दो लामो नजरबन्दले पनि चिन्ताको छुट्टै मुद्दा खडा गरेको बताउँदै थ्रोसेलले आउँदो दिनमा पनि घटनाक्रमको निरन्तर निगरानी जारी राख्ने बताउनुभएको छ । रासस/एएफपी