सत्ता समीकरण परिवर्तनको राजनीतिक वातावरणको तापक्रम बढेको बेला मनसुने झरीले मङ्गलबार दिनभर नै राजधानीको चिसो बनायो । समीकरण परिवर्तनको मुख्य घटक नेपाली कांग्रेसले आयोजना गरेको अर्को कार्यक्रमले भने राजनीतिक मिलनको वातावरण बनायो । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको उपलक्ष्यमा नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा विद्यमान र नयाँ राजनीतिक समीकरण दुवैका नेता हार्दिकतासाथ सहभागी हुनुभयो । ‘क्रान्तिदेखि शान्तिसम्म’ शीर्षकको ऐतिहसिक फोटो प्रदर्शनीमा प्रधानमन्त्रीसहित सत्ता पक्ष र प्रतिपक्षका नेताहरूलाई सहभागी हुनुभयो ।
बर्दिया पदनाका करण परियारको दैनिकी बदलिएको छ । सानैदेखि सङ्गीतमा रुचि राख्ने करणले काठमाडौँमा कार्पेट बोक्दाबोक्दै नेपाल आइडल सिजन–५ मा अडिसन दिन पुग्नुभएको थियो । कार्पेट बोक्ने दैनिकसँग जुध्दै नेपाल आइडलको शीर्ष विजेता बनेपछि भेटघाट, रेकर्डिङ, सेल्फीमा दिन बदलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट गिटार उपहार पाउनुलाई जीवनकै अविस्मरणीय क्षण मान्ने करणले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट्ने मौका पाए । नेता ओलीले करणलाई
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा मङ्गलबारबाट ‘विपत् जोखिम न्यूनीकरण प्रदर्शनी’ सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामा र राष्ट्रिय विपत् न्यूनीकरणका कार्यकारी प्रमुख अनिल पोखरेललगायतले संयुक्त रूपमा प्रदर्शनीको उद्घाटन गर्नुभएको हो ।
‘कौसी क्विन–२०८१’ को ताज अञ्जनी जोशीले हात पार्नुभएको छ । प्रज्ञान क्रिएसन प्रालिद्वारा सञ्चालित कृषिसम्बन्धी अनलाइन हलोखबर डटकमले आयोजना गरेको चौथो कौसी क्विन २०८१ को कौसी क्विनको उपाधि जोशीले प्राप्त गर्नुभएको क्रिएसनका अध्यक्ष मनोज श्रेष्ठले बताउनुभयो ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ । कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनको आज (बुधबार) देखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो ।
नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशनमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजमा १२ समूह बनाएर छलफल गरिएको छ । ती दस्तावेजबारे प्रतिनिधिहरुबीच सामूहिक छलफल गरिएको हो ।
बुटवल उपमहानगरपालिकाले दुध प्रवर्धन कार्यक्रम अन्तर्गत पशुपालक किसानलाई पाडी वितरण सुरु गरेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट अनुसार बुटवलले किसानलाई ५० प्रतिशत अनुदानमा भैँसीका पाडी वितरण सुरु गरेको हो । जस अनुसार आइतबार बुटवल–१२, १५ र १६ मा ३३ वटा पाडी वितरण गरिएको छ । एक कार्यक्रमका बिच नगरप्रमुख खेलराज पाण्डेयले बुटवललाई दुध उत्पादनमा सबल बनाउनका लागि भैँसीका पाडी वितरण गरेको बताउनुभयो । उहाँले वितरण गरिएका पाडीको बिमा गरी किसानलाई उपलब्ध गराएको बताउनुभयो ।
डेरी उद्योगीले दुध किसानको बक्यौताको सम्पूर्ण रकम भदौ मसान्तसम्म भुक्तानी गरिसक्ने सहमति गरेको छ । बक्यौता रकमको भुक्तानी गर्न माग गर्दै किसानले आन्दोलन गरेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा भएको छलफलमा सो सहमति भएको हो । सहमति अनुसार २०८० चैत मसान्तसम्म भुक्तानी हुन बाँकी रकम असार २७ गतेसम्म गरिसक्ने र वैशाख र जेठको बक्यौता रकमको भुक्तानी २०८१ भदौ मसान्तसम्म गर्ने सहमति भएको किसानको प्रतिनिधि गर्ने संस्था केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड नेपालका अध्यक्ष अमर कुँवरले बताउनुभयो । सो सहमतिसँगै सङ्घले घोषणा गरेका आन्दोलनका सम्पूर्ण कार्यक्रम हाललाई स्थगित गरेको छ ।
आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागम मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेको र देशका धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।
वैदेशिक रोजगारीका क्रममा मलेसियाको जेल र घर फिर्की केन्द्रमा रहेका ६१ प्रतिशत श्रमिकको कागजात नमिलेका कारण रहेको तथ्य सार्वजनिक भएको छ । प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) र सेन्टर फर दी स्टडी अफ लेबर एन्ड मोबिलिटी (सेस्लाम) ले मलेसियाको ‘डिपोर्टटेसन सेन्टर’ अर्थात् जेलमा बसी नेपाल फर्केका ७५८ जना नेपाली श्रमिकको अवस्था अध्ययन गर्दा यस्तो पाइएको तथ्य सार्वजनिक गरेको हो ।
डिजेल र पेट्रोलमा लगाइएको हरित करबापत २० करोड रुपियाँ सङ्कलन भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत डिजेल र पेट्रोलमा हरित करबापत एक रुपियाँ सङ्कलन गर्ने घोषणा गरिएको थियो । सोही अनुसार नेपाल आयल निगमले एक महिनाको अवधिमा हरित करबापत एक महिनामा २० करोड रुपियाँ सङ्कलन भएको नेपाल आयल निगमले जनाएको छ । जेठ १५ बजेट भाषणमार्फत घोषणा गरिएको हरित कर सोही दिनदेखि नै लागु भएको थियो । निगमले डिजेल र पेट्रोल प्रतिलिटरमा एक रुपियाँका दरले हरित कर सङ्कलन गर्दै आएको छ ।
महिला पत्रकारले सामाजिक सञ्जाल र नयाँ प्रविधिको प्रयोग गर्दा सावधानी अपनाएमा डिजिटल हिंसा कम हुन सक्ने सरोकारवाला निकायका वक्ताले औँल्याउनुभएको छ । सञ्चारिका समूहको आयोजना तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहयोगमा मङ्गलबार ललितपुरमा आयोजना गरेको सामाजिक सञ्जालमा महिला पत्रकारमाथि हुने हिंसा र यसको न्यूनीकरण विषयक कार्यशालामा बोल्दै नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालबाट हुने हिंसा कम गर्न पत्रकार महिलाले अन्य विषयभन्दा समाचारमूलक विषयवस्तुलाई प्राथमिकताका साथ प्रस्तुत गर्नुपर्ने बताउनुभयो ।
सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दीनमणि पोखरेलविरुद्धको रिटलाई हेर्दाहेर्दैमा राखेको छ । गृहमन्त्री लामिछानेविरुद्ध कुनै पनि निकायमा उजुरी/जाहेरी तथा अनुसन्धान र अभियोजन नरहेको जानकारीपत्र बदरको मागसहितको रिटलाई अदालतले हेर्दाहेर्दैमा राखेको हो ।
स्कुटरको ब्रेक सु र अन्य विद्युतीय सामग्रीभित्र लुकाएर नेपाल ल्याइएको झन्डै तीन हजार दुई सय केजी सुन तस्करीका आरोपितविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले ५८ जनालाई प्रतिवादी बनाउँदै काठमाडौँ जिल्ला अदालतमा अर्को मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएका मध्ये ३५ जना नेपाली, १५ चिनियाँ र आठ भारतीय नागरिक रहेका छन् । गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ब्रेक सुभित्र लुकाएर ल्याइएको अवस्थामा बरामद भएको तस्करीको ६० केजी सुनबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दोस्रो चरणको अनुसन्धान पूरा गरी प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बुझाएको थियो ।
उत्तरी भारतमा मङ्गलबार एउटा हिन्दू धार्मिक सभामा भागदौड मच्चिदा करिब सय जनाको मृत्यु र अन्य धेरै घाइते भएको एक वरिष्ठ सरकारी अधिकारीले बताएका छन् ।