किरात राई चाम्लिङ खाम्बातिम बेलायतले किरातीहरूको चाड साकेला उँभौली धिरिनाम (ईस्वी संवत् २०२४) यले सम्बत ५०८४ भव्य रूपमा किरात राई हाउस ग्याम्बल लेनमा बृहत सांस्कृतिक समारोहको आयोजना गरी मनाएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदमा प्रतिनिधित्व गरेका राजनीतिक दललाई राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन आह्वान गरेको छ।
डोल्पाको सदरमुकाम दुनैबाट नेपालगञ्जका लागि छुटेको रात्रिकालीन बस मङ्गलबार छलगाड खोलामा आएको बाढीमा फसेको छ । ना ख १७९८ नम्बरको यात्रुवाहक बस डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित छलगाड खोलामा आएको बाढीमा फसेको हो ।
भेरी कोरिडोर सडक आयोजनाअन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ छलगाडस्थित भेरी नदी र छलगाड खोलाको दोभान किनारमा वर्षापछि आएको बाढीका कारण फसेको रात्रिकालीन यात्रुवाहक बस ।
प्रतिनिधि सभा सदस्यले भ्रष्टाचार नेपाली समाजको नियति बनेकामा चिन्ता व्यक्त गरेका छन्।
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले पछिल्लो तीन महिनामा ३९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ भने ७९ रोपनी क्षेत्रफलमा लगाइएको अवैध अफिम खेती नष्ट गरेको छ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा.आरजु राणाले कृषि समितिमा सरकारले विधेयक दिन नसकेको गुनासो गर्नुभएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशको विपद् व्यवस्थापनमा तिनै तहको सरकारले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।
पूर्वी नवलपरासीका किसान रैथाने बालीमा आकर्षित भएका छन् । कावासोतीमा अवस्थित सामुदायिक बिउँ बैङ्कले रैथाने बालीको संरक्षण गर्दै आएपछि पछिल्लो समयमा रैथाने बालीमा किसानको आकर्षण बढ्न थालेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्खुवासभाका सुरेश अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा नियुक्त गर्नुभएको छ ।
बाँकेमा चालु आर्थिक वर्ष २०८०/०८१ को असार पहिलो सातासम्म ३१ हजार १५९ सवारी र ढुवानीका साधनलाई कारबाही गरिएको छ।
राष्ट्रिय सभाको आजको बैठकले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
लामो समयदेखि प्रतीक्षा गरिएको एफ– १६ लडाकु विमानको आगमनका लागि किभ तयारी गरिरहेको समयमा हवाई अड्डामा गरिएको आक्रमणमा पाँच युक्रेनी सैन्य जेटहरू नष्ट गरेको रुसले मङ्गलबार दाबी गरेको छ ।
पाँचथर सदरमुकाम फिदिममा सञ्चालन भइरहेका दुई वटा पाउरोटी उद्योगमा जिल्ला प्रशासन कार्यालय पाँचथरले ताला लगाएको छ।