पाँचथर सदरमुकाम फिदिममा सञ्चालन भइरहेका दुई वटा पाउरोटी उद्योगमा जिल्ला प्रशासन कार्यालय पाँचथरले ताला लगाएको छ।
जिल्लाको नासो गाउँपालिकाले पर्यटन तथा पर्वतारोहण विषय लिएर अध्ययन गर्ने विद्यार्थीलाई अनुदान उपलब्ध गराउने भएको छ ।
पूर्वखोला गाउँपालिका-६ हेक्लाङका अग्निपीडित छ परिवारलाई प्रवासी नेपालीले सहयोग गरेका छन् । हङकङमा रहेका नेपालीले हङकङ मगर सङ्घ र पाल्पा श्रीनगर समाजले दुई लाख ३० हजार नगद सङ्कलन गरेर पीडितलाई प्रदान गरेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार पोखरा महानगरपालिका कार्यालयमा छापा मारेको छ । मणिपाल शिक्षण अस्पताललाई कानुन विपरीत राजस्व छुट दिइएको उजुरीपछि अख्तियार पोखरा कार्यालय छापा मारेको हो ।
भारतसँग सीमा जोडिएको बाँके जिल्लामा डेङ्गु सङ्क्रमणको जोखिम देखिएको भन्दै उच्च सतर्कता अपनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका सबै पालिकामा डेङ्गुको सङ्क्रमण देखिएको उल्लेख गर्दै नियन्त्रण गर्न लामखुट्टेका लार्भा र प्युपा नष्ट गर्ने अभियान सुरु गर्न लागेको जनाएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सरकारले स्वदेशमै अब्बल जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ बाँकेमा प्रादेशिक विश्वविद्यालय स्थापना गरेको बताउनुभएको छ।
तुलसीपुर उपमहानगरपालिका–३ मा रहेको गोठी खोलाले बगाउँदा एक जना महिलाको मृत्यु भएको छ । सो वडास्थित रानागाउँ बस्ने ५१ वर्षीय ताराकुमारी गुरुङको खोला पार गर्ने क्रममा बगेर मृत्यु भएको हो ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई समस्या समाधानका लागि सुझावहरू लिखित रूपमा उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको छ ।
सिरहाको नरहा गाउँपालिका-३ खोरियाटोलस्थित पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा छ वर्षीय राहुल मण्डल र करिब आठ वर्षीय आशिष मण्डल रहेका छन् ।
रुकुमपूर्व सिस्ने गाउँपालिका–२ को खारा लेकमा भैँसी चराउँदै गोठाला । रुकुमपूर्वका लेकमा असारदेखि भदौको पहिलो हप्तासम्म गाईभैँसी, भेडाबाख्रा गोठालाको रमझम हुने गर्दछ ।
तीव्र उतार चढावका बिच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७ दशमलव ०४ अङ्कले बढेको छ । नेप्से परिसूचक दुई दशमलव २९ प्रतिशतले बढेर दुई हजार एक सय दशमलव ४३ को बिन्दुमा कायम भएको हो ।
घरेलु हिंसाका घटना वृद्धि भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कर्णाली प्रदेशले सार्वजनिक गरेको मानवअधिकार उल्लङ्घनका घटनासम्बन्धी प्रतिवेदनमा सुर्खेत जिल्लामा पछिल्लो ६ महिनामा ८३ वटा घरेलु हिंसासम्बन्धी घटना भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक सुरु भएको छ । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको अवसरमा मङ्गलबार वीरगञ्ज महानगरपालिमा पूर्ण कदको सालिक अनावरण गरिएको छ।
काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूबाट २०८० सालको एसइई परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ५४५ जना (१३.७७ प्रतिशत) विद्यार्थीले ३.६१ देखि ४ जिपिए प्राप्त गरेको सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाले जानकारी दिनुभयो ।