दीप खड्का र अभिलाषा विष्टले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत एकलतर्फको उपाधि जित्नुभएको छ । सातदोबाटोस्थित टेनिस कोर्टमा शनिबार पुरुष एकलतर्फ प्रदीप र महिला एकलतर्फ अभिलाषा च्याम्पियन बन्नुभएको हो ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली शर्मा ओलीले देश बनाउने भिजन एमालेसँग मात्र भएकाले एमालेलेलाई बहुमत सरकार बनाउन मिल्नेगरी मतदान गर्न आह्वान गर्नुभएको छ ।
नेपाल (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले मङ्सिर ४ गते हुने निर्वाचनलाई अग्रगमनतर्फको यात्रा जारी राख्ने वा प्रतिगमनतर्फ फर्कने विषयको जनमत सङ्ग्रह जस्तै भएको बताउनुभएको छ ।
डोटीको पूर्वीचौकी –५ उपरकाँडा गाउँका ६३ बर्षीया लालवीर साउँद बिगत १५ बर्षदेखि दम रोगबाट पीडित हुनुहुन्छ । सामान्य चिसोले लागेमा श्वास प्रश्वासमा समस्या हुने साउँद भूकम्पले घर चर्किएर बस्न नमिल्ने भएपछि परालले छोएको चिसो कटेरोमा रात बिताउँदै आउनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट ६८० जनाको पीसीआर परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति संवृद्धि र एकताबद्ध नेपालका लागि गठबन्धनको बहुमत सरकार जरुरी रहेको बताउनुभएको छ । नेपाली कांग्रेस चितवनको आयोजनामा भरतपुरमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभयो । गठबन्धनले जितेमा दुई–तीन कार्यकालसम्म दलहरुबीच सहकार्य हुने उहाँले बताउनुभयो ।
दुई महिनाअघि अध्ययनका लागि जापान आएका एक नेपालीको मृत्यु भएको छ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालसँगको परामर्शविना कालापानीमा भारतीय सरकारले फौज राखेर नेपाली भूमि नियन्त्रणमा लिएकाले त्यसलाई फिर्ता ल्याइने बताउनुभएको छ ।
प्रहरी निर्वाचनको सुरक्षामा खटिएको मौका पारेर सीमावर्ती क्षेत्रमा तस्करी मौलाएको छ। किसान भारतीय बजारबाट लुकिछिपी मल ल्याउने ध्यानमा लागेका छन्। जसको फाइदा तस्करले उठाइरहेका छन्।
बाजुरामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सहमहामन्त्री बद्री पाण्डे र नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पूर्व उद्योगमन्त्री कर्णबहादुर थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले राजनीतिक दलहरू कमजोर हुँदा लोकतन्त्र खतरामा पर्ने बताउनुभएको छ ।
दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान)को शिखर सम्मेलनमा सहभागी हुन अमेरिकी राष्ट्रपति जो वाइडेन अमेरिकाबाट कम्बोडियातर्फ प्रस्थान गर्नुभएको छ ।
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आगामी मङ्सिर ४ गतेको निर्वाचन संविधानको रक्षा र शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउनका लागि भएको बताउनुभएको छ ।
दमौलीस्थित मादी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ। व्यास नगरपालिका पालिका-३ शान्तिनगर, दमौलीमा रहेको मादी नदीमा डुबेर सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका- १० का ६० वर्षीय झिलकबहादुर पौडेलको मृत्यु भएको हो।
प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले एपीएफ क्लबलाई जितका लागि एक सय ८० रनको मध्यम लक्ष्य दिएको छ ।