साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकसँगै कारोबार रकमसमेत घटेको छ । आइतबार सामान्य अङ्क बढेर बन्द भएको नेप्से परिसूचक आज ४.२९ अङ्क घटेर १९७३.०१ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.८२ अङ्क, फ्लोट इण्डेक्स ०.३६ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अङ्क घटेको छ ।
एसिया कप टी–२० क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई हराएको छ । सुपर चार अन्तर्गत आइतबार राति भएको खेलमा पाकिस्तानले भारतलाई पाँच विकेटले हरायो ।
सर्लाहीको हरिवन नगरपालिका–२, चिसापानीबाट जुवा खेलिरहेका १२ जना जुवाडे पक्राउ परेका छन् । उत्तरी चुरेभेगमा पर्ने चिसापानीस्थित एक छाप्रोमा जुवा खेलिरहेका सर्लाही, महोत्तरी, धनुषा र पर्साका १२ जना जुवाडे पक्राउ परेका हुन् ।
सप्तरीको खडक नगरपालिका–८ मा डेङ्गुको बिरामी भेटिएका छन् । शनिबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परिक्षण गर्दा ६० वर्षीय एक पुरुषमा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो ।
चीनको दक्षिणप्रश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा ६.८ म्याग्निच्युडको भूकम्पमा परी सात जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । भूकम्पबाट भएको मानवीय क्षति र भौतिक संरचनाको विस्तृत विवरण आउन बाँकी छ ।
कविन अधिकारीकाठमाडौं, भदौ २० गते । काठमाडौं महानगरपालिकाले अनधिकृतरूपमा निर्माण गरिएका संरचना हटाउने कार्यलाई कायमै राखेको छ । सोमबार नयाँ बसपार्क क्षेत्रमा रहेका अनधिकृत संरचना, साइनबोर्ड हटाउने कार्यलाई तीव्र बनाएको छ ।
पाँच दिने नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपाली सेनालाई विभिन्न गैर–घातक सैन्य सामग्री हस्तान्तरण गर्नुभएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङका दुई वटै निर्वाचन क्षेत्रबाट सिफारिस हुनुभएको छ । मन्त्री पौडेल गत निर्वाचनमा बागलुङ क्षेत्र नम्बर – २ बाट निर्वाचित हुनुभएको थियो । उहाँको स्थायी घर बागलुङ क्षेत्र नम्बर– १ मा पर्दछ ।
नेपाली काँग्रेस ताप्लेजुङले प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि काँग्रेसले प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरुको नाम सिफारिस गरेको हो ।
राष्ट्र बैंकले यस वर्षको दसैं, तिहार र छठ पर्वका लागि करिब १० अर्बको नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएको छ ।
काठमाडौं महानगरपालिकाले डेङ्गु नियन्त्रणका लागि घरदैलो अभियानलाई निरन्तरता दिएको छ । डेङ्गु एडिज जातको सङ्क्रमित लामखुट्टेले मान्छेलाई सार्ने भएकाले यसबाट बच्नु नै सबैभन्दा भरपर्दो उपाय हो ।
मधेस प्रदेशका सुचना तथा संचार विभागका प्रमुख नितेशकुमार गुप्ताले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि रौतहट क्षेत्र नम्बर १ (ख)बाट प्रदेशसभा सदस्य उम्मेदवारमा सभापति यादवको नाम सिफारिस भएको जानकारी दिनुभयो ।
रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत आपूर्ति भरपर्दो तथा गुणस्तरीय, प्रसारण क्षमता वृद्धि र प्राविधिक चुहावट नियन्त्रणका निर्माण गरिएको योगीकुटी (बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले स्थानीय सरकारलाई संविधानले तोकिएको अधिकार दिएमात्र देशको प्रगति हुने बताउनुभएको छ ।
राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कुनै पनि पार्टीसँग देशभर गठबन्धन नहुने बताउनुभएको छ ।