सर्लाहीको हरिपुर्वामा मङ्गलबार राति २५ हजार रुपियाँ नगदसहित एक जना पक्राउ परेका छन् । चुनावको मौन अवधिमा मतदातालाई बाँड्न उक्त पैसा बोकेको हुनसक्ने आशङ्का गरिएको छ ।
फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनकालागि बाँके जिल्लाका सबै मतदान केन्द्रमा पुगेका कर्मचारीले सर्वदलीय बैठक सम्पन्न गरेर मतदान केन्द्र निर्माण सुरु गरेका छन् ।
चन्द्रमामा मानवबस्ती बसाउने सपना वैज्ञानिकहरूले दशकौँदेखि सोच्दै आएको भए पनि यो अहिलेसम्म वास्तविकताबाट निकै टाढा छ । यसको सबैभन्दा ठूलो कारण हो त्यहाँ जीवन टिकाइराख्न आवश्यक आधारभूत स्रोतको अभाव हुनु । चन्द्रमामा न तरल पानी छ न त मानिसले सास फेर्न सक्ने प्राणवायु नै । यस्तो अवस्थामा चन्द्रमामा मानवबस्ती स्थापना गर्न सबैभन्दा पहिलो र अनिवार्य आवश्यकता सास फेर्न योग्य हावा हो ।
बैतडीको पुर्चौंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भएको पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भाइरस भएको पुष्टि भएको हो ।
गैरकानुनी गतिविधि गरेको आरोपमा जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा क्षेत्र नं ३ का उम्मेदवार अशेश्वर यादव पक्राउ पर्नुभएको छ ।
केही समयअघिसम्म सामान्य कफीका बोट हुने भोजपुरमा अहिले यसको व्यावसायिक खेती सुरु भएको छ । बजारसम्मको पहुँच स्थापित भएपछि यहाँका किसान व्यावसायिक कफी गर्न थालेका हुन् ।
आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सार्वजनिक गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगही भाषा
साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला हातमा लिएर दैलोमा उभिएका थिए । गाउँघरको खेतीपाती, घरधन्दा सकेर आराम गर्ने साँझमा पाहुनालाई स्वागत सत्कारमै व्यस्त हुन्छन् बागलुङको भकुण्डेस्थित अतिथि सत्कार घरबासका सञ्चालक ।
प्रतिनिधिसभा निर्वाचनको मौन अवधि लागू भएसँगै आचारसंहिता विपरीत गतिविधि गर्ने तथा ट्राफिक नियम उल्लंघन गर्नेहरूमाथि प्रहरीले कडा निगरानी गरेको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन नेपाली सेनाले रौतहटमा सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त पारेको छ ।
कालीकोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले सीसी क्यामरासहितको मतगणनास्थल तयार पारेको छ। कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन प्रहरीलाई मतदानस्थलमा खटाइसकेपछि सदरमुकाम मान्ममा मतगणनास्थलको तयारी पूरा गरिएको हो।
तनहुँका युवामा ब्याडमिन्टन खेलप्रति आकर्षण बढेको छ । तनहुँको सदरमुकाम दमौली, शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा, खैरेनीटार, गाछेपानी, भिमाद नगरपालिकाको भिमाद बजार, म्याग्दे गाउँपालिकाको थर्पु, धयरेमा ब्याडमिन्टन खेलका लागि कभर्डहल बनेपछि युवाहरू यसतर्फ आकर्षित भएका हुन् ।
मुस्ताङका सात राजनीतिक दलले मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लंघन भएको आरोप लगाउँदै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका छन्।
जिल्ला प्रशासन कार्यालय तनहुँले बिहीबार अर्थात् फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ ।