माल्दिभ्सको मालेमा सम्पन्न सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबका खेलाडीको स्वागत गरिएको छ ।
नेपाल पर्यटन बोर्ड दुई वर्षपछि ‘वर्ल्ड ट्राभल मार्केट (डब्लूटिएम)’ मा सहभागिता हुने भएको छ । आगामी कात्तिक २० देखि २२ गतेसम्म बेलायतको लण्डनमा आयोजना हुने मेलामा सहभागिता जनाउने सुनिश्चित भएको बोर्डले जनाएको छ ।
ने.क.पा. (एमाले) का महासचिव शङ्कर पोखरेलले मुख्य दुई दल मिलेर बनेको सरकारलाई घेराबन्दी गर्ने प्रयास भइरहेको बताउनुभएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले निर्वाहमुखी कृषिलाई दिगो, उद्यमशीलता र प्रतिस्पर्धात्मक कृषि प्रणालीमा रूपान्तरण गर्न सरकार लागि परेको बताउनुभएको छ ।
माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १८ वर्षीय घनश्याम पुलामी मगर दुधकोशी नदीमा बेपत्ता भएका हुन् ।
सैयद गत महिना दोस्रो पटक म्यानमारबाट भाग्ने सयौँ रोहिङ्ग्या शरणार्थीमध्ये एक हुनुहुन्छ । सैयद (प्रतिशोधबाट बचाउनका लागि नाम परिवर्तन) उत्पीडनमा परेका राज्यविहीन मुस्लिम अल्पसङ्ख्यक हजारौं युवाहरूमध्ये एक हुनुहुन्छ ।
सामाजिक विकास डिभिजन कार्यालय नेपालगञ्जले चालु आर्थिक वर्ष २०८१–८२ का लागि बनाएको योजना कार्यान्वयन प्रक्रिया सुरु गरेको छ । बाँके र बर्दिया कार्यक्षेत्र रहेको कार्यालयले चालु आवका लागि दुईसय बढी योजना कार्यान्वयनको प्रक्रिया सुरु गरेको हो ।
सांसदहरुले जनगणनामा कोही पनि नछुटुन् भन्ने कुरामा सचेत हुन सरकारलाई आग्रह गरेका छन् । सोमबार प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्नुहुँदै नेपाली कांग्रेसका सांसद जावेदा खातुन जागा, नेकपा (एमाले)का सांसद ईश्वरबहादुर रिजालले जनगणनालाई तथ्यपरक बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर दक्षिणवर्ती मनराशिशवा नगर कार्यपालिकाको कार्यालयले अत्यधिक बढेको गर्मीकै कारण सोमबारदेखि छ दिन विद्यालय बिदा दिने सूचना गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिकामा आधुनिक पार्क बन्ने भएको छ । वडा १ मा पार्क बन्ने भएको हो । पार्क निर्माणको प्रक्रियालाई सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइले अघि बढाएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।
नेपाल उत्पीडित जातीय मुक्ति समाजका पदाधिकारीले विभिन्न माग राखी उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई दलित समुदायको समस्या सम्बोधनको माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आपसी भाइचारा र मेलमिलापले खुसी र समृद्धि ल्याउने बताउनुभएको छ । मकवानपुर मुस्लिम समुदायले सोमबार हेटौँडा–४ जामे मस्जिदमा आयोजना गरेको प्रदेश प्रमुखहरूको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै आफ्ना स्वतन्त्रता प्रयोग गर्दा अरुको स्वतन्त्रता हनन हुन दिएनौ भने मात्रै पनि समाज सभ्य र सुसंस्कृत हुने बताउनुभयो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले दलीय समुदायको समेत प्रतिनिधित्व हुने गरी भूमि आयोग बन्ने बताउनुभएको छ ।
बाँकेको कोहलपुर नगरपालिका–८ पिपरीमा छोराले पिर्काले हानेर पिताको हत्या गरेका छन् । बाबु र छोराको झगडा परेपछि छोराले बुवालाई पिर्काले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले शहरी विकास मन्त्रालयअन्तर्गतका विभाग तथा आयोजना प्रमुखहरुलाई काममा ढिलासुस्ती नगर्न निर्देशन दिनुभएको छ ।