नवलपुर जिल्लामा रहेका द्वन्द्वपीडित परिवारले अझै पनि न्याय पाउन नसकेको बताएका छन् । शान्ति सम्झौता भएको १७ वर्ष भइसक्दा पनि राज्यले प्रभावितका बारेमा न्यायका लागि केही गर्न नसकेको पीडितहरूको गुनासो छ ।
वासिङ्टनले चिनियाँ र रुसी प्रविधि प्रयोग गरी सवारी साधनको बिक्रीमा प्रतिबन्ध लगाउने तयारी गरेको समाचार सार्वजनिक भएपछि चीनले सोमबार अमेरिकालाई आफ्ना कम्पनीविरुद्ध ‘भेदभावपूर्ण कदम’ नचाल्न चेतावनी दिएको छ ।
स्पेनिस पावर हाउस बार्सिलोनाले ला लिगामा अपराजित यात्रा जारी राखेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषा, साहित्यको विकासमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको योगदान अतुलनीय रहेको बताउनुभएको छ ।
नेपाल र भारतका सुरक्षाकर्मीबिच सीमाक्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने सहमति भएको छ ।
इङ्लिस प्रिमियर लिगको शीर्षस्थानमा आसिन म्यानचेस्टर सिटी हारबाट जोगिएको छ ।
जितिया पर्वका लागि पोखरीमा नुहाउन गएकी एक महिलाको सोमबार डुबेर मृत्यु भएको छ । रौतहटको राजदेवी नगरपालिका वडा नं. ८ लक्ष्मिपुर गाउँमा रहेको पोखरीमा जितिया पर्वका लागि नुहाउन जानुभएको ४५ वर्षीया गिरीजा देवीको डुबेर मृत्यु भएको हो ।
मुगु जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ ।
भुटानको चाङलिमिथाङ स्टेडियममा सोमबार भएको खेलमा नेपालले श्रीलङ्कालाई ४–० गोलले हरायो ।
मध्यपश्चिम स्रष्टा समाजले वीरगन्ज निवासी साहित्यकार गोपाल अश्कद्वारा लिखित कथा सङ्ग्रह ‘कालो गुलाफ’ लाई ‘सनत रचना कथा सम्मान २०८०’ बाट नेपालगन्जमा सम्मान गरेको छ । समाजले कथा सङ्ग्रहका लेखक अश्कलाई नेपालगन्जमा एक कार्यक्रम गरी सम्मान गरेको हो ।
संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ । सोमबार श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम पारित गर्ने वा अस्वीकार गर्ने भन्ने निर्णय लिन बसेको बैठक आवश्यक सांसदहरूको अनुपस्थितिले स्थगित भएको हो ।
माल्दिभ्सको मालेमा सम्पन्न सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबका खेलाडीको स्वागत गरिएको छ ।
नेपाल पर्यटन बोर्ड दुई वर्षपछि ‘वर्ल्ड ट्राभल मार्केट (डब्लूटिएम)’ मा सहभागिता हुने भएको छ । आगामी कात्तिक २० देखि २२ गतेसम्म बेलायतको लण्डनमा आयोजना हुने मेलामा सहभागिता जनाउने सुनिश्चित भएको बोर्डले जनाएको छ ।
ने.क.पा. (एमाले) का महासचिव शङ्कर पोखरेलले मुख्य दुई दल मिलेर बनेको सरकारलाई घेराबन्दी गर्ने प्रयास भइरहेको बताउनुभएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले निर्वाहमुखी कृषिलाई दिगो, उद्यमशीलता र प्रतिस्पर्धात्मक कृषि प्रणालीमा रूपान्तरण गर्न सरकार लागि परेको बताउनुभएको छ ।