विशेष अदालतले मेलम्ची खानेपानीको अनियमितता प्रकरणमा पूर्वसचिव गजेन्द्र ठाकुरलाई आठ वर्ष एक महिना कैद सजाय सुनाएको छ ।
नेपालमै पहिलो पटक स्थापना भएको एन्टी स्नेक भेनम उत्पादन उद्योगले सर्प पाल्ने अनुमति पाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले युएसआइडी र युनिसेफद्वारा आयोजित ‘लिड फ्रि फ्युचरः पार्टनरसिप लन्च एण्ड प्लेजिङ इभेन्ट’लाई सम्बोधन गर्नुभएको छ ।
मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्वअन्तर्गत आज बिहान ४ बजेदेखि ३६ घण्टासम्म बस्ने निर्जल र निराहार उपवास सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओेलीले अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्यदूतावास खोल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
आगामी केही दिन देशभरको मौसममा बदलाव आई विभिन्न स्थानमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन आउनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले राष्ट्रसङ्घका मुख्यालय कार्यालय सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरेसँग भेटवार्ता गर्नुभएको छ ।
लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादले सोमबार लेबनानमा इजरायली आक्रमणमा मर्नेहरुको सङ्ख्या चार सय ९२ जना पुगेको छ ।बिबीसीका अनुसार मृतकमध्ये ३५ बालबालिका र ५८ महिला रहेको र १ हजार ६ सय ४५ अन्य घाइते भएको बताएको छ ।
विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण गरेको छ ।
लेबनानमा हिजबुल्लाहका गढहरूमा सोमबार गरिएको इजरायली हवाई आक्रमणमा एक सय ८२ जनाको मृत्यु भएको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो अक्टोबर ७ मा गाजामा युद्ध सुरु भएयता सीमापार हुने सबैभन्दा घातक वृद्धि हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकतान्त्रिक आन्दोलनलाई सफल तुल्याउनेदेखि समाजलाई सुसूचित गर्न सञ्चार क्षेत्रले जोखिममा रहेर पनि काम गरिरहेको बताउनु भएको छ ।
सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले पूर्वी कैलालीको वनको अवस्था, संरक्षण तथा विकास प्रयासहरू र चुनौतीहरूको स्थलगत अनुगमन गरेको छ ।
नेपाली कांग्रेसका नेता नारायणप्रकाश साउदले तीनै तहको सरकारको खर्च कम हुनेगरी संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल एफसी यु–२० एसियन कप छनोटको दोस्रो खेलमा विजयी भएको छ ।
काठमाडौँको सङ्कटा क्लब मोरङको पथरीशनिश्चरेमा जारी पथरी शनिश्चरे गोल्डकप–२०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ ।