नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपीएल) लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा हेल्प डेक्स स्थापना गरिएको छ ।
अत्यधिक गर्मीका कारण वीरगन्ज महानगरभित्रका विद्यालय दुई दिन बन्द गरिने भएको छ । वीरगन्ज महानगर वरिपरि क्षेत्रको तापक्रम अत्यधिक बढेर पठनपाठन कार्य प्रभावित भएसँगै विद्यालय बन्द गर्न लागिएको हो ।
इलामको सूर्योदय नगरपालिका-१ गोर्खेमा रहेको हिमालय माध्यमिक विद्यालयका विद्यार्थीमा अनौठो समस्या देखा परेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अतिकम विकसित मुलुकहरूलाई दिगो विकासका लक्ष्य प्राप्त गर्न वार्षिक कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४० प्रतिशत खर्च गर्नुपर्ने अवस्था रहेकाले वित्तीय स्रोत व्यवस्थापन चुनौतीपूर्ण बनेको बताउनुभएको छ ।
सर्लाहीको सिसौटियामा करेन्ट लागेर दुई वर्षका बालकको मृत्यु भएको छ ।
नेपाली इन्जिनियरको योग्यतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुलेको छ । यसका लागि नेपाल इन्जिनियरिङ काउन्सिलले प्रक्रिया अघि बढाएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले धनुषाको ढल्केवरमा रहेको ढल्केवर सबस्टेसनको अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।
जापान भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र जापानी समकक्षी स्वास्थ्य, श्रम र कल्याणमन्त्री टाकेमी केइजूबिच द्विपक्षीय भेटवार्ता भएको छ ।
नेपालमा बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि चिकित्सकहरूको अभाव रहेको पाइएको छ ।
नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को आयोजनामा यही असोज १३ गते काठमाडौँको एभरेष्ट होटलमा एकदिने ‘१५औँ इक्यान मल्टि डेस्टिनेसन एजुकेशनल फेयर, २०२४’ आयोजना हुने भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । सोमबार नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले घटेर दुई हजार पाँच सय २९ दशमलव ३३ अङ्कमा कायम भएको हो ।
गर्मी बढेसँगै तराईको जनजीवन कष्टकर बन्दै गएको छ । एक सातादेखि बढेको गर्मी तथा तापक्रमका कारण सुनसरीसहित तराईका जिल्लाहरूको जीवन कष्टकर बनेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्ष फोडेर फरार भएका नौ जना थुनुवामध्ये सात जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशमा आयोजना गर्न लागेको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन महिनासम्म सञ्चालन हुने बताउनुभएको छ ।
जिल्ला अदालत कास्कीले सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेको छविलाल जोशीलाई पाँच दिन थुनामा राख्न अनुमति दिएको छ ।