निरङ्कुश प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्ने विद्यार्थीको नेतृत्वमा भएको विद्रोहका कारण एक हप्ता लामो बन्दपछि बङ्गलादेशको ढाका विश्वविद्यालयका विद्यार्थीहरू आइतबारदेखि कक्षामा फर्किएका छन् ।
स्वदेशी र बिदेशी पर्यटक आकर्षित गर्ने उद्देश्यले होमस्टे स्थापना गरिएको बाँकेको गाभर क्षेत्रमा पर्यटक बढ्दै जाँदा होटल व्यवसायमा लगानी थपिंदै गएको छ ।
सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु चार सयले उकालो लागेको छ ।
जमिनको नाममा ४–५ कट्ठा ऐलानी भए पनि राम्रो उब्जनी हुँदैन । कमाउनका लागि विदेश जाने उमेर छैन, न हातमा अन्य कुनै सीप छ । त्यसैले गन्धर्वहरुको जीविका चलाउने माध्यम सारङ्गी बन्ने गरेको छ ।
बेनी–जोमसोम सडक खण्डमा हुने कुनै पनि अवरोध तथा भवितव्यमा अग्रपङ्क्तिमा उभिने इन्द्रसिंह शेरचनलाई मुस्ताङमा सम्मान गरिएको छ । आधा शताब्दीदेखि निरन्तर चल्दैआएको थाक खेलकुद तथा सांस्कृतिक महोत्सवको अवसरमा मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फामा आयोजित कार्यक्रममा शेरचनलाई सम्मान गरिएको हो ।
कर्मचारी अभावमा गण्डकी प्रदेशसभा सचिवालयअन्तर्गत रहेको पुस्तकालय नियमित सञ्चालन हुनसकेको छैन । अधिकांश समय पुस्तकालय बन्द रहँदा प्रदेशसभा सदस्यलगायत पाठक अध्ययनका लागि पुस्तकालय जान पाएका छैनन् ।
भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा सामुदायिक भवन बनाउन लागेको हो ।
लुम्बिनी प्रदेश सरकारले मानव–वन्यजन्तु द्वन्द्व घटाउने उद्देश्यले सुरक्षित बासस्थान, आहारा प्रजातिको व्यवस्थापन गर्ने उद्देश्यले पानीको मुहान तथा सिमसार संरक्षण, वनभित्र संरक्षण पोखरी निर्माणलगायतका काम गरेको छ ।
राप्ती खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका –१ चाइना क्वाटर बस्ने ४९ बर्षिया दीपक कार्कीको आइतबार दिउँसो मृत्यु भएको हो ।
कास्कीको पोखरा महानगरपालिका –४, नालाको मुखमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्क प्रालिका संस्थापक छविलाल जोशीलाई आज अदालतमा उपस्थित गराइँदैछ ।
सडकमार्गबाट पृथ्वीचोक बसपार्क झर्नेबित्तिकै पर्यटकलाई थाहा भइहाल्छ, पोखराको विकास योजनाबद्ध छैन । राजमार्गसँगै जोडिएको बसपार्क एकातिर कच्ची छ भने अर्कातिर छेउछाउमा टिनका प्रशस्तै छाप्रा छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टी सङ्गठनको संरचना र नेताहरुको जिम्मेवारी हेरफेर गर्ने भएको छ ।पार्टीका विभाग आयोगलगायत संरचनालाई पूर्णता दिने, जनवर्गीय सङ्गठनका इन्चार्ज तथा भोगोलिक इन्चार्ज हेरफेर गर्ने तयारी गरिइएको हो ।
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले न्युयोर्कमा विभिन्न देशका विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ । उहाँहरू संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुने क्रममा अहिले अमेरिकाको न्युयोर्कमा हुनुहुन्छ ।
अर्घाखाँचीमा डेङ्गु र ‘स्क्रब टाइफस’ का बिरामीको सङ्ख्या दैनिक बढिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट आज (सोमवार) बिहान नौ जना थुनुवा फरार भएका छन् । फरार भएकाहरू सबै लागु औषध र अभद्र व्यवहारका आरोपित रहेको प्रहरीले जनाएको छ ।