राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय गन्तव्यको हवाई भाडादरमा छुट दिएको छ। निगमका प्रवक्ता रमेश पौडेलका अनुसार न्यूनतम दुई हजार पाँचसयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म छुट दिइनेछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक, छलफल र प्रशासनिक अल्झनमा मात्रै नलागेर जनताले महसुस हुने गरी काम गर्न कडा निर्देशन दिनुभएको छ।
राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको १० दिने औपचारिक भ्रमण सम्पन्न गरेर बिहीबार साँझ स्वदेश फर्कनुभएको छ।
पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा भएका दुई आक्रमणमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेको अधिकारीहरूले बिहीबार बताएका छन् ।
रुसले बिहीबार पहिलो पटक युक्रेनमा अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको किएभले जनाएको छ।
सिरियाको प्राचीन पाल्मिरा सहरमा बुधबार भएको इजरायली हमलाममा ३६ जनाको मृत्यु हुनुका साथै अन्य ५० जना भन्दा बढी घाइते भएको सिरियाली रक्षा मन्त्रालयले जनाएको छ ।
प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले गाजामा इजरायली आक्रमणको अन्त्य र युद्धविरामको आह्वान गर्ने राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमा बुधबार भिटो प्रयोग गरेकोमा अमेरिकाको निन्दा गर्नु भएकोको छ ।
बेलायतका पूर्व उपप्रधानमन्त्री जोन प्रेस्कटको ८६ वर्षको उमेरमा निधन भएको उहाँको पारिवारिक स्रोतले बिहीबार जनाएको छ ।
जावलाखेल यूथ क्लबले ललित स्मृति एन्फा यु–१८ फुटबल लिगमा खुमलटार फुटबल क्लबमाथि सहज जित निकालेको छ ।
राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) ले गाजा पट्टीमा भोकमरीमा परेका प्यालेस्टिनीहरुका लागि जीवन बचाउको रूपमा सेवा गरिरहेका बेकरीहरूसमेत पिठो तथा इन्धनको अभावका कारण बन्द हुने अवस्थामा रहेको चेतावनी दिएको छ ।
जिल्ला प्रशासन कार्यालय नवलपुरले आफ्नो सेवा सहज, प्रभावकारी र नागरिकमैत्री बनाउन नयाँ सुविधाहरू थप गरेको जनाएको छ ।
क्यानडाका कीर्तिमानी क्रिकेट आइकन साद बिन जफर नेपाल प्रिमियर लिग–२०२४ का लागि लुम्बिनी लायन्समा अनुबन्ध हुनुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितका उपलब्धिको रक्षाका लागि गणतन्त्र पक्षधर सबै एक ठाउँमा उभिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ।
एसिसी यु–१९ एसिया कपको तयारीका लागि भारतको कर्नाटकसँग खेलिएको पाँच खेलको सिरिज नेपालले जितेको छ ।
धनकुटामा स्थानीय बाजागाजा, गीतले झकिझकाउ भएको छ । धनकुटा नगरपालिकामा मात्रै बसोबास रहेको आठपहरिया समुदायको प्रमुख चाड वाडाङ्मेट (मङ्सिरे चाड) मनाउन व्यस्त रहँदा सहिद भूमिमा भने पापानीको रौनक छ ।