• ८ मंसिर २०८१, शनिबार

बेलायतका पूर्व उपप्रधानमन्त्री जोन प्रेस्कटको निधन

blog

बेलायतका पूर्व उपप्रधानमन्त्री जोन प्रेस्कट ।

लन्डन, मङ्सिर ६ गते । बेलायतका पूर्व उपप्रधानमन्त्री जोन प्रेस्कटको ८६  वर्षको उमेरमा निधन भएको उहाँको पारिवारिक स्रोतले बिहीबार जनाएको छ । प्रेस्कटले जलवायु परिवर्तन सम्बन्धी सन् १९९७ को अन्तर्राष्ट्रिय क्योटो प्रोटोकलमा  बेलायतका लागि वार्ताको नेतृत्व गर्नु भएको थियो । 

अमेरिकाका पूर्व उपराष्ट्रपतिलगायतले उहाँ प्रति श्रद्धाञ्जली अर्पण गर्दै जलवायु सङ्कट समाधान गर्ने उहाँको प्रतिबद्धता प्रति सदाका लागि आभारी हुने बताउनु भएको छ । बेलायती लेबर पार्टीबाट प्रधानमन्त्री बनेका कीर स्टारमरले प्रेस्कट श्रम आन्दोलनको अभियान्ताको रूपमा श्रमजीवी जनताको समर्थक र ट्रेड युनियनवादी रहेको बताउनु भएको छ । 

चार दशकसम्म उत्तरी इङ्गल्यान्डको संसद् सदस्यको रूपमा सेवा गरेका पूर्व व्यापारी नाविक तथा ट्रेड युनियन कार्यकर्ता प्रेस्कटको “शान्तिपूर्वक” मृत्यु भएको उहाँकी श्रीमती पाउलिन र छोराहरूले स्पष्ट पार्नु भएको छ । प्रेस्कटलाई सन्-२०१९ मा प्यारालाईस भएको थियो भने अल्जाइमरको समस्याका कारण गत जुलाईमा संसद्को माथिल्लो सदनको सदस्य पद छोड्नु भएको थियो । रासस/एएफपी