नेपाल राहत शिक्षक समिति ताप्लेजुङले प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईलाई ध्यानाकर्षणपत्र बुझाएको छ । विगत १५ महिनाअघि सरकार र राहत शिक्षक समितिबिच भएको सहमति कार्यान्वयनको माग गर्दै शनिबार समितिले प्रतिनिधिसभा सदस्य भट्टराईलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारीलाई उत्पादनसँग जोड्नु आवश्यक रहेको बताउनुभएको छ । दिगो पर्यटन सहकारी संस्थाको १४ औं साधारण सभाको आज उद्घाटन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
नेपालगन्ज लगायत बाँकेका विभिन्न स्थानमा मध्य पुसदेखि सुरु भएको चिसो बढ्दै गएको छ । केही दिनदेखि शीतलहरसमेत पर्न थालेपछि यहाँको जनजीवन झनै कष्टकर बन्दै गएको हो ।
राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्वन्धि समसामयिक सवाल विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उच्च अदालत पाटनका न्यायाधीशहरुसहित भएको कार्यक्रममा सूचनाको हक कार्यान्वयनका लागि गरिने न्याप सम्पादनमा दुबै पक्ष लाग्ने बिषयमा जोड दिइएको छ ।
जिल्लाको गैँडाकोट नगरपालिका–१० र ११ को सीमा भएर बग्ने नारायणी नदीको बहाव परिवर्तन गराउन स्थानीयले अवरोध गरेका छन् । नारायणी पीडितले अवरोध गरेपछि नदीको बहाव परिवर्तन गराउने काम रोकिएको छ ।
पश्चिम नेपालका २४ जिल्लाका बिरामीलाई सस्तो र सहुलियतमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको नेपालगन्जस्थित भेरी अस्पतालको सिटिस्क्यान पाँच महिनादेखि बिग्रिएर थन्किएको छ ।
प्युठान नगरपालिका –९ स्थित पाखाचितिमा रहेको बाइसधारा बुलबुले मूल जिल्लाको पर्यटकीय क्षेत्रको रूपमा पहिचान बोकेको छ । प्रचार प्रसार र भौतिक पूर्वाधार विकास नहुँदा ओझेलमा परेको बाइसधारा बुलबुलेमा पछिल्लो समय आन्तरिक पर्यटक पुग्न थालेका छन् ।
गुल्मीमा विषय विज्ञसहितको टोलीले सामुदायिक विद्यालयमा अनुगमन सुरु गरेको छ । शिक्षा विकास तथा समन्वय एकाइले वार्षिक कार्यक्रमअन्तर्गत यस जिल्लाका सामुदायिक विद्यालयहरुको अवस्थाबारे जानकारी लिने उद्देश्यसहित अनुगमन थालेको हो ।
विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले दक्षिण सुडानका लाखौं मानिसहरूलाई तत्काल मानवीय आवश्यकतालाई सहयोग गर्न आगामी छ महिनामा ४०४ करोड अमेरिकी डलर आवश्यक पर्ने बताएको छ ।
उपप्रधान तथा सहरी विकाश मन्त्री प्रकाशमान सिंहले जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धि रक्षाका लागि सबै एकजुट हुनु पर्ने बताउनुभएको छ । उहाँले जनताको अधिकारको रक्षा र लोकतन्त्रलाई थप सुदृढ बनाउन पनि संविधान संशोधन आवश्यक भएको धारणा राख्नुभयो ।
पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ । प्रेस चौतारी नेपालको एसाेसिएट प्रदेश उपाध्यक्षको जिम्मेवारीमा रहनुभएका पुडासैनीको गएको राति उपचारको क्रममा ३३ वर्षको उमेरमा निधन भएको हो ।
दक्षिण कोरियामा सक्रिय विभिन्न नेपाली सङ्गठनहरूले नेपाल र दक्षिण कोरियाबिचको हवाई भाडादार घटाउने निर्णयको स्वागत गर्दै पहल कदमीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे लगायतका नेताप्रति आभार व्यक्त गरेका छन् ।
शुक्रबार साँझ मोरङको उर्लाबारी चोकमा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । स्कुटर दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको उर्लाबारी–५ झुम्राका ४५ वर्षीय नगेन्द्र गुरुङको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा निधन भएको हो ।
बाजुराको त्रिवेणी नगरपालिका वडा नं –४ तोली देवलडाँडा माविले यहाँका पाँच, आठ र दस कक्षाका बालबालिकाको सिकाइ उपलब्धिका लागि प्रत्येक शनिबार नमुना परीक्षा लिन सुरु गरेको छ ।
पुलिस स्कुलले लगातार चौथो पटक ललित अम्बर डिपो कपको उपाधी चुमेको छ । डिपो स्कुलको आयोजनामा पुस १२ गतेदेखि सुरु भएको १९ औँ ललित अम्वर डिपो कपको फाइनलमा आयोजक डिपो स्कुललाई टाइब्रेकरमा पराजित गर्दै लगातार चौथो पटक पुलिस स्कुलले उपाधीमाथि कब्जा जमाएका हुन् ।