च्याम्पियनसिप अघि शनिबार आयोजित पत्रकार सम्मेलनमा सहभागी सबै टोलीका प्रशिक्षक र कप्तानले आफ्नो लक्ष्य उपाधि चुम्नु रहेको दाबी गरेका छन् ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले छिट्टै मुलुकमा शतप्रतिशत विद्युतिकरण घोषणा हुने बताउनुभएको छ।
सरकारले मनसुनका अवधिमा देशका विभिन्न स्थानमा आएको बाढी पहिरो पीडितलाई आवश्यकताका आधारमा राहत सामग्री वितरण गरेको छ ।
ताप्लेजुङमा पछिल्लो समय मातृ तथा नवजात शिशुको मृत्यु दरमा कमी हुन थालेको छ। स्वास्थ्य शिक्षासम्बन्धी सर्वसाधारणमा चेतना अभिवृद्धि हुनुका साथै स्वास्थ्य संस्थाको पहुँच विस्तारको क्रमले मातृ तथा नवजात शिशु मृत्युदरमा कमी आउन थालेको पाइएको हो।
गीतकार रामबाबु सुवेदीका शब्द र वसन्त सापकोटाको सङ्गीतमा बालगीत ‘हुक्काभित्र ट्वार्र ! ट्वार्र !’ को श्रव्यदृश्य सार्वजनिक भएको छ । “हुक्काभित्र ट्वार्र ! ट्वार्र ! चेतनामूलक बालगीत हो ।
उज्यालो नेपालको संवाहकका रूपमा स्थापित नेपाल विद्युत प्राधिकरणले आज आफ्नो स्थापनाको ३९औँ वार्षिकोत्सव मनाएको छ ।
हरेक आर्थिक वर्षमा बेरुजु बढ्दै गएको बागमती प्रदेशको प्रदेश सभा सचिवालयदेखि आन्तरिक मामिला तथा कानुन मन्त्रालयसम्म बेरुजुको चाङ रहेको पाइएको छ ।
स्याङ्जाको गल्याङमा सुरु भएको ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) मा गल्याङ युनाईटेड र राईजिङ स्टार गल्याङले विजयी सुरुवात गरेको छ ।
चट्याङ लागेर तीर्थबाट आउँदै गरेका जुम्लाका एक जना तिर्थालुको मृत्यु भएको छ । पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बाेहाेराका अनुसार पातारासी गाउँपालिका–१ गढिगाऊँ निवासी हाल चन्दननाथ नगरपालिका–१ स्थित हिमालय खत्रीको घरमा बस्दैआएका धनसुर बुढाको मृत्यु भएको जानकारी दिनुभयो ।
नवलपुरका ग्रामीण भेगका महिला स्वरोजगार बन्न थालेका छन् । यहाँका महिलाले दुना टपरीबाट राम्रो आम्दानी गर्न सफल भएका हुन् ।
रुकुम पश्चिममा मनसुनजन्य विपद्को कारण मृत्यु भएका र बेपत्ता भएका परिवारका आफन्तलाई राहत प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले पाँच जना मृतक तथा बेपत्ता व्यक्तिका नजिकका हकदारलाई नौ लाख रुपियाँ राहत प्रदान गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा कुराकानी भएको छ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफू जति दिन पदमा भए पनि देखिने काम गर्ने बताउनुभएको छ । ३० औँ तामाङ प्रसारण दिवसको अवसरमा शनिबार यहाँ आयोजित मिडिया अवार्ड २०८१ वितरण समारोहमा उहाँले सो कुरा बताउनुभएको हो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले हालै सम्पन्न केन्द्रीय समितिको बैठकले विभिन्न ६७ बुँदे समसामयिक राजनीतिक निर्णय सार्वजनिक गरेको छ।
पछिल्लो समय जिल्लामा मानव वन्यजन्तुबिचको द्वन्द्व बढ्दै गएको छ । वन्यजन्तुबाट मानिसका बालबालिकालाई जोगाउन समस्या हुँदै गएको हो । विगत आठ वर्षयता जिल्लामा १४ बालबालिकाले चितुवाको आक्रमणबाट ज्यान गुमाएका डिभिजन वन कार्यालयले जनाएको छ ।