यही भदौ ३ गते जनैपूर्णिमाका दिन लाग्ने गोसाईंकुण्ड मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । पवित्र तीर्थस्थल गोसाईंकुण्डमा तीर्थालु भक्तजनलाई रातिको समयमा उज्यालो पुर्याउने उद्देश्यले पहिलो पटक बिजुली बत्ती बालिएको छ ।
चालु आर्थिक वर्षको पहिलो महिना सरकारी बजेट खर्चभन्दा राजस्व सङ्कलन दोब्बर देखिएको छ ।
जिल्लामा महिला कृषि सहकारी समूहमा आबद्ध छ सय ७७ महिलालाई उन्नत जातका बाख्रा वितरण गरिएको छ । कृषि सहकारी संस्थामा आबद्ध महिलालाई शतप्रतिशत अनुदानमा उन्नत जातका बाख्रा वितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले अर्थतन्त्रमा रहेको मन्दीलाई चिर्न कार्यक्रमहरू बनाइरहेको बताउनुभएको छ ।
उपल्लो मुस्ताङ ‘यार्तुङ’ पर्वमय बनेको छ । वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाकाका विष्ट, गुरुङ र लोवा जातीले बर्खा यामको बिदाइ र हिउँद यामको स्वागतका लागि यार्तुङ पर्व मनाउँछन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको विशेष आग्रह र पहलमा दुई देशका प्रधानमन्त्रीबिच भएको समझदारी अनुसार भारत सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रलाई चिकित्सा विज्ञान शिक्षण प्रतिष्ठानका रूपमा निर्माण गर्ने चासो देखाएको छ ।
पहिरोले छिन्चु जाजरकोट खण्ड अवरुद्ध भएको छ । गएराति परेको पानीले छेडागाड नगरपालिका र भेरी नगरपालिकाका अन्तर्गत ठाउँठाउँमा पहिरो गएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
मधेशको जीवनरेखा भनेर चिनिएको हुलाकी सडकमा पर्ने कमला नदीको पुल भासिएको तीन वर्षभन्दा बढी समय भएको छ । पुल निर्माण सम्पन्न भएर उद्घाटन हुने अवस्थामा पुगेपछि पुल भासिएपछि स्थानीयको आशा निराशामा परिणत भएको छ ।
तनहुँमा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । जिल्लामा एक हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । एक जनाको ज्यान गएको छ । डेङ्गुको प्रकोप बढ्न थालेपछि तनहुँ जोखिममा छ ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मीमा प्रहरीले अवैध सालका काठसहित ट्याक्टर नियन्त्रणमा लिएको छ ।
देशैभरका स्थानीय तहका प्रमुख लगायतका जनप्रतिनिधिहरू महिनौँ समय काठमाडौँमै बिताउने गरेको भेटिन्छ । पालिकाको खर्च गरेर कार्यालयको काम भन्दै खुसीमय जीवन बिताउन सहरमा महिनौँ बस्ने गरेपछि जनताले सेवा पाउन समेत सकेको पाइँदैन ।
रमेश स्नातक तह चौथो वर्षमा पढ्दै थियो । एक महिनापछि उसको सेमेस्टरको अन्तिम परीक्षा थियो तर ऊ पढाइमा ध्यान केन्द्रित गर्न सकिरहेको थिएन किनकि एक वर्षदेखि उसले गरेको प्रेम उसैलाई बोझ भइरहेको थियो । झन्डै १५ दिनदेखि ऊ बेचैन थियो । कलेज पनि फाट्टफुट्ट जान्थ्यो । सधैँ हाँस्ने, सधैँ हँसाउने ऊ विस्तारै उदास भइरहन्थ्यो । प्रायः झोक्रिरहेको हुन्थ्यो । परीक्षा आउन एक महिना मात्रै बाँकी थियो तर उसले यो सेमेस्टरमा खासै केही पढेको थिएन । राति १० बजेसम्म अनि बिहान ६ बजे उठेर पढ्ने बानी थियो तर उकेही दिनदेखि राति जागै बस्ने अनि दिउँसो सकीनसकी सुत्ने बानी परेको थियो उसलाई । सधैँ झैँ आज रा
गयो बैँस सारा गयो यो जवानी नजानी नजानी बित्यो जिन्दगानी कतै रङ्गमञ्च कतै घाम पानी कतै भोक प्यासी कतै छन् सुदामा ।
पूर्वी रुकुमको सिमानासँग जोडिएको निसेलढोरमा अहिलेसम्म विद्युत्को पहुँच पुगेको छैन । बागलुङको निसीखोला गाउँपालिका–५ मा पर्ने निसेलढोर विद्युत् नपुग्दा अन्धकारमा बस्न बाध्य छन् ।
देशका धेरै युवालाई छ बिदेसिने चाहना विदेशमै बस्नलाई खोज्ने गर्छन् बहाना सबै युवा बिदेसिए खै त देशका गहना ? म त भन्छु विदेश बस्ने नराखौँ है चाहना ।