सरकारले अध्यादेश प्रतिस्थापन गर्न ल्याएको विधेयक राष्ट्रिय सभाबाट समयसीमाभित्र पारित गर्न एक दिन मात्रै बाँकी रहँदा अध्यादेश निष्क्रिय हुने जोखिम बढेको छ ।
चारबर्से कार्यकालका लागि नियुक्त हुनुभएका त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजङ्ग बरालले १३ महिनामै राजीनामा दिनुभएको छ ।
सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बल (एपिएफ) को सेट परिवर्तन गरी सुरक्षाकर्मीको सङ्ख्या घटाएको छ ।
प्रेस चौतारी नेपालले पूर्व राजावादीहरुको प्रदर्शनका क्रममा आक्रमणमा परी क्षति भएका सञ्चार माध्यमको स्थलगत अवलोकन गरेको छ ।
गोरखापत्रका लागि बाँकेको खजुरा समाचारदाता गजेन्द्र गुरुङ सम्मानित हुनुभएको छ । शनिबार काठमाडौंमा आयोजित प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको अवसरमा गुरुङ उत्कृष्ट पत्रकारका रुपमा सम्मानित हुनुभएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दक्षिण एसियामा नेपाल लगानीका लागि प्रचुर सम्भावनाको क्षेत्र रहेकाले गैरआवासीय नेपालीलाई लगानीका लागि आग्रह गर्नुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आन्दोलनको नाममा हिंसा भड्काउने जोसुकैलाई कारबाही हुने बताउनुभएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको १२औँ वार्षिक साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उहाँले सरकारले अराजक, अनुशासनहीन गतिविधि हेरेर नबस्ने र व्यवस्थाविरोधी गतिविधि गर्नेलाई कारबाही गरिने बताउनुभएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा हिंसात्मक गतिविधिको विपक्षमा रहेको बताउनुभएको छ।
काठमाडौँको तीनकुनेमा शुक्रबार पूर्वराजाको समर्थनले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १११ जनालाई पक्राउ गरेको छ ।
नेपाल र भारतको सीमा व्यवस्थापन सम्बन्धी संयुक्त कार्यदलको १३ औँ बैठक पोखरामा सम्पन्न भएको छ। दुई दिनसम्म संचालन भएको सो बैठकमा नेपालका तर्फबाट सहसचिव एवं गृह प्रवक्ता रामचन्द्रं तिवारी र भारतका तर्फबाट भारतीय गृहमन्त्रालयका सहसचिव निहिर कुमारको नेतृत्व रहेको थियो।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजाका समर्थकले गरेको तोडफोड र आगजनीका घटना कुनै हालतमा क्षम्य नभएको बताउनुभएको छ।
शुक्रबार काठमाडौंस्थित तीनकुनेमा राजावादी आन्दोलनकारीले आगो लगाएर पत्रकार हत्या र सञ्चारमाध्यममाथि आक्रमण गरेको विरोधमा म्याग्दी सदरमुकाम बेनीमा विरोध प्रदर्शन गरिएको छ ।
भारतीय तीर्थयात्री बोकेको भारतीय नम्बर प्लेटक ट्रयाक्टर कैलालीमा शनिबार अपराह्न दुर्घटना भएको छ।
सुनसरी सदरमुकाम इनरुवामा तेस्रो इनरुवा रनमा महिलातर्फ पाँचथरकी पुष्पा लिम्बु र पुरुषतर्फ तेह्रथुमका सुरज लिम्बु पहिलो हुनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल घोडेजात्रा समारोह २०८१ का अवसरमा नेपाली सेनाद्वारा शनिबार टुँडिखेलमा आयोजित समारोहमा सहभागी हुनुभयो।