८४ वर्षीय दानसिंह बोहोरा चैत खेलमा गीतका टुक्का हाल्न खुबै रौसिनुहुन्छ । त्रेतायुगका राजा दशरथका छोरा भगवान् रामको कथालाई गीतका माध्यमबाट डोट्याली भाषामा बनाइएको चैत गीतको टुक्का दानसिंहले यसरी गाउनुभयो– हिरालाल जटम्बर घागो, नन्नरी पैरायो सपुरस्याबागो दशरथ राजाको रामचन्द्र वेटा, तीनले समन्द्र सारासेतू लाईछ
स्याङ्जा कालीगण्डकी गाउँपालिकाले आफ्नो बाँझो जमिनमा ड्र्यागन फ्रुट (सिउँडीफल) को खेती गर्न थालेको छ । पालिकाले आर्थिक वर्ष २०७६/७७ मा बाँझो जग्गामा थालेको नमुना ड्र्यागन फ्रुटले उत्पादन दिन थालेको छ । पालिका लागि ड्र्यागन फ्रुट आम्दानीको स्रोत बनेको छ । पालिकाले परीक्षणका रूपमा वडा नं ४ बिर्घामा २४ रोपनी र वडा नं. ५ जैपतेमा एक रोपनी जमिनमा ड्र्यागन खेती थालेको थियो । पालिकाले काभ्रे र रौतहट जिल्लाबाट ड्र्यागनका बिरुवा ल्याएर बाँझो जमिन १५ वर्षलाई भाडामा लिएर खेती विस्तार गरेको पालिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो ।
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व सोमबार देशभर नवयज्ञोपवीत जनै एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुध किसानको रकम यथाशीघ्र भुक्तानी गर्न दुग्ध विकास संस्था (डिडिसी) लगायतका निजी डेरीलाई निर्देशन दिनुभएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डको समन्वयमा आइतबार भएको दुग्ध व्यवसायीसहितको छलफलमा मन्त्री अधिकारीले सो निर्देशन दिनुभएको हो । किसानबाट उधारोमा दुध खरिद गरी डेरीहरूले नगदमा बेच्ने गरेको र सो रकम अन्यत्र लगाउने गरेको बताउँदै उहाँले त्यो प्रवृत्तिको अन्त्य हुनुपर्ने कुरामा जोड दिनुभयो । आफूले पद सम्हालेदेखि दुध किसानका समस्या समाधान गर्नेतर्फ केन्द्रित भएको बताउँदै मन्त्री अधिकारीले डिडिसीमार्फत किसानलाई बाँकी रकम भुक्तानी गर्ने प्रयास भइरहेको बताउनुभयो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले यही भदौ ९ गते आधारभूत सङ्गठन निर्माणको चार महिने अभियानको उद्घाटन गर्न लागेको केन्द्रीय अभियन्तालाई कार्यादेश तोकेको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानी अभिवृद्धि गर्न वातावरण निर्माण नगरेसम्म परिवर्तन सम्भव नरहको बताउनुभएको छ । उहाँले वर्तमान सरकार बनेयता अर्थतन्त्रका समस्या समाधानका लागि विशेष प्रयास भइरहेको भन्दै निजी क्षेत्रसँग निरन्तर संवाद गरी यस्तो वातावरण निर्माणमा सरकार क्रियाशील रहेको बताउनुभएको छ ।
पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै जाँदा बाह्य उत्पादनको भर पर्नुपर्ने अवस्था सृजना भएको छ । युवापुस्ताले जनै बनाउन चासो नदिँदा तथा सुलभ मूल्यमा बजारमा किन्न पाइँदा जनै बनाउनेक्रम हराउँदै गएको बर्दघाट सुस्तापूर्व कावासोती–६ का शालिकराम न्यौपानेले बताउनुभयो ।
पछिल्ला महिना लगातार ब्याजदर घटाइरहेका वाणिज्य बैङ्कहरूले भदौ महिनाका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन् । वाणिज्य बैङ्कहरूले भदौ १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर कायम गरेका हुन् । बैङ्कहरूले प्रकाशित गरेको ब्याजदर अनुसार औसतमा निक्षेपको ब्याजदर ०.१९ प्रतिशत विन्दुले घटेको छ । सञ्चालनमा रहेका १२ वटा बैङ्कले भदौका लागि ब्याजदर घटाएका छन् भने छ वटाले साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । यस्तै दुई बैङ्कले भने ब्याजदर बढाएका छन् ।
सरकारले १९ हजार मेट्रिक टन चिनी भारतबाट खरिद गर्नका लागि सात वटा निजी व्यापारिक फर्म छनोट गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा भारत चिनी खरिदका लागि आवेदन दिएका ७३ वटा व्यापारिक फर्ममध्ये सात वटा छनोट गरिएको हो । चिनी खरिदका लागि छनोट भएका सात वटा क्रमशः मयुरी टे«डलिङ्क भक्तपुर, दुई हजार आठ सय मेट्रिक टन र प्रगाम टे«डर्स विराटनगर, श्री शिवाय इन्टरनेसलन विराटनगर, विशाल टे«डलिङ्क काठमाडौँ, प्रणाम इन्टरनेसलन विराटनगर, भिजन इन्टरप्राइजेज, शिवशङ्कर टे«डकन्सर्न काठमाडौँले दुई हजार सात सय मेट्रिक टनका दरले खरिद गर्ने छ । चिनी खरिदका लागि छनोट भएका व्यापारिक फर्मले बढीमा दुई हजार आठ सय मेट्रिक टन र थोरैमा दुई हजार सात मेट्रिक टनसम्म खरिद गर्न सक्ने गरी व्यापारिक फर्म छनोट भएका छन् । चिनी खरिदका लागि छनोट भएका प्रतिष्ठानले निर्णय भएको चिनी खरिद गरिसक्नुपर्ने छ ।
पाकिस्तानको क्वेटा जिल्लाको दलबन्दिनमा एक दिनअघि बिजुलीको पोलमा झुण्डिएको अवस्थामा फेला परेका पाँच जनाको पहिचान खुलेको छ ।
भूकम्प गएको करिब नौ वर्ष बितिसक्दा पनि दोलखाको भीमेश्वर नगरपालिका–२ स्थित ऐतिहासिक सहर दोलखाको सम्पदा बस्तीमा करिब एक चौथाइले निजी आवास निर्माण गरेका छैनन् ।
दक्षिण कोरियाको रोग नियन्त्रण विभागले आइतबार गर्मीको मौसममा फोहोर पानीमा कोभिड–१९ विषाणुको स्तर एक हप्तामा लगभग दोब्बर वृद्धि भएसँगै भाइरस सङ्क्रमितको सङ्ख्या बढेको बताएको छ ।
उत्तरपूर्वी मोरङको मिक्लाजुङ गाउँपालिकामा साल फुल्ने तराईदेखि गुराँस फुल्ने लेकसम्मको भूगोल समेटिएको छ । साबिकका रमितेखोला, टाँडी गाविस पूरै, मधुमल्ला गाविस–१ र ६
नेपाल संस्कृत विश्वविद्यायलका उपकुलपति प्रा.डा. यादवप्रसाद लामिछानेले दिनुभएको राजीनामा स्वीकृत भएको छ ।
जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्र गरिएपछि २०७६ साल असार ३ गते परीक्षण उडान भरेकै दिन उद्घाटन गरिएको थियो ।