बागलुङका क्रियाशील पत्रकारहरूका लागि दुई दिने मल्टिमिडिया सम्बन्धी तालिम बुधबारदेखि सुरु भएको छ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाको आयोजना तथा प्रेस रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशको सहयोगमा बुधबारदेखि बागलुङमा सुरु भएको मल्टिमिडिया पत्रकारिता तालिमको गण्डकी प्रदेश प्रेस रजिष्ट्रार बिमला भण्डारीले उद्घाटन गर्नुभयो ।
रेसुङ्गा विमानस्थलमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु भएको छ । नेपाल वायुसेवा निगम रेसुङ्गा स्टेसनका प्रमुख सुमन थापाले आजदेखि पुनः नियमित रुपमा साताको चार पटक हवाई उडान सुरु भएको जानकारी दिनुभयो ।
धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा उच्चस्तरीय ल्याब सहितको बहुउद्देश्यीय भवन निर्माण हुने भएको छ । बिबिए, विज्ञान र बिआइसिटी कार्यक्रमका लागि बहुउद्देश्यीय भवनको उपयोग गरिनेछ ।
उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको वडा ४ मा रहेको पवित्र तीर्थ स्थल दामोकर कुण्डमा एकैदिनमा दर्शन गरेर फर्किन सकिने गरी पूर्वाधार विस्तार गरिने भएको छ ।
देशभरी नै रासायनिक मलको अभावमा भइरहेको समयमा बर्दियाको बाँसगढी नगरपालिकाले प्राङ्गारिक मल उत्पादन गर्ने भएको छ ।
सप्तरीको राजविराज नगरपालिका १ डुमरीका एक शिक्षिकाले स्थानीय सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई विगत ७ वर्षदेखि निशुल्क नियमित पठनपाठन गराउँदै आउनुभएको छ ।
गुल्मी, अर्घाखाँची र प्युठानको सङ्गममा सालझण्डी–ढोरपाटन र मदन भण्डारी राजमार्गसँगै जोडिएको कंके देउराली मदाने गाउँपालिकाको अत्यन्तै मनमोहक पर्यटकीय स्थल हो ।
भारत सरकारको मन्त्रिपरिषद्ले यस हप्ताको राजधानी नयाँदिल्लीमा भएको घातक कार विस्फोटलाई ‘राष्ट्रविरोधी शक्तिहरूद्वारा गरिएको आतङ्कवादी आक्रमण’ ठहर गरेको छ । यद्यपि सरकारले घटनासँग सम्बन्धित कुनै नयाँ प्रमाण सार्वजनिक गरेको छैन ।
मङ्सिर २७ गतेदेखि २९ गतेसम्म हुन लागेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छानिन लमजुङमा रस्साकस्सी पर्ने भएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति सरकारी कोष विधेयकमा हस्ताक्षर गर्नुभएसँगै ४३ दिन लामो रेकर्ड शटडाउन अन्त्य भएको छ ।
नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत् व्यापारिक महोत्सवमा यतिबेला नवलपुरको कावासोतीका रेश्मराज पोखरेललाई तात्तातो कुरौनी बेच्न भ्याइनभ्याइ छ । उहाँ मात्र होइन, उहाँकी श्रीमती र केही कामदार पनि उत्तिकै व्यस्त छन् ।
आन्तरिक राजस्व कार्यालय भरतपुरले गत वर्षको आय विवरण नबुझाएका करदातालाई प्रत्यक्ष सम्पर्क गर्न थालेको छ । कार्यालयबाट विवरण नबुझाउने करदातालाई फोन सम्पर्क गरी बुझाउन आग्रह गरिएको हो ।
गोधुली साँझमा गुर्जा हिमालबाट घामको किरण अस्ताउन थालेसँगै चिसो बढेको थियो । भेडाबाख्रा र गाईगोरुका बथान साँझपख गोठतर्फ फर्किदै थिए । किसानहरु भेडाबाख्रालाई गोठमा हुल्न व्यस्त देखिन्थे ।
उत्तरी गोरखाको धार्चे गाउँपालिका-७ मा रहेको कालरात्री मावि लापुका १५७ जना विद्यार्थीहरुलाई स्वीटर र न्यानो टोपी वितरण गरिएको छ ।
भारतको दिल्लीमा भएको कार बम विस्फोटपछि यहाँस्थित नेपाल भारत नाकामा भारतीय सुरक्षा निकायले हाइ अलर्ट जारी गर्दै चेकजाँचमा अत्यधिक कडाइ गरेको छ ।