श्रीलङ्काको नौसेनाले यो वर्षमा हाल सम्म ३२८ जना भारतीय माझीलाई आफ्नो देशको जल-क्षेत्रमा अवैध सिकार गरेको आरोपमा पक्राउ गरेको मत्स्यपालन, जलीय तथा महासागर संसाधन उपमन्त्री रत्ना गामागेले बिहीबार बताउनु भएको छ ।
समुद्री सतहदेखि ३ हजार ५ सय मिटरभन्दा उचाइमा रहेको यो ठाउँमा मौसम खुल्दा कुम्भकर्ण र कञ्चनजङ्घासँगै विश्वको सर्वोच्च शिखर सगरमाथा सम्मका दृश्यावलोकन गर्न सकिन्छ । नेपाललाई भारतसँगको सिमावर्ती वेस्टबंगााल र सिक्किमसँग सिमाना जोडिएको हुनाले यस क्षेत्रलाई तीन सिमाना भनिएको हो ।
लोकगायक अर्जुन सापकोटाले नयाँ गीत झलिको सार्वजनिक गर्नुभएको छ ।
स्याङ्जाको पुतलीबजार नगरपालिकाले आलुमा आत्मनिर्भर कार्यक्रम सुरु गरेको छ । आलु उत्पादन राम्रो हुने स्याङ्जामा यसको प्रवर्धनका लागि पालिकाले अभियान नै चलाएको हो ।
म्याग्दीको बेनी नगरपालिमा विद्यालयस्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
क्यानाडामा भएको बैठकमा जी-७ का विदेश मन्त्रीहरूले युक्रेनमा तत्काल युद्धविरामको आह्वान गर्दै सुडानमा बढ्दो सङ्कटको बारेमा चेतावनी दिएका छन् ।
बाँकेको ग्रामीण क्षेत्रका विद्यालयहरूमा विद्युतीय दुर्घटनाबारे सचेतना कार्यक्रम सञ्चालन गरिने भएको छ ।
जापानको प्रतिष्ठित अटोमोबाइल कम्पनी टोयोटाले संयुक्त राज्य अमेरिकामा १० अर्ब अमेरिकी डलरको लगानी गर्ने घोषणा गरेको छ ।
बङ्गलादेशका न्यायाधीशहरूले फरार पूर्वप्रधानमन्त्री शेख हसिनामाथि दायर मानवता विरुद्धको अपराधसम्बन्धी मुद्दाको बहुप्रतिक्षित फैसला आगामी नोभेम्बर १७ (आगामी मङ्सिर १ गते) मा सुनाउने भएका छन् ।
नेपालका लागि अस्ट्रेलियाली राजदूत लियान जोन्स्टनले बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालसँग विदाई भेट गर्नु भएको छ।
समुद्री सतहदेखि करिब पाँच हजार ३०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७, सिङ्जेमा रहेको स्याम्दो पोखरी ।
सुनसरीको इनरुवा नगरपालिका–९, बबिया जमुवामा रहेको राजाजी हिडिबार बाबा ग्रामथानमा मण्डप तथा धर्मशालाको उदघाटन गरिएको छ ।
पोखराको पर्यटन तालतलैया, डाँडाकाँडा र हिमालमा मात्र सीमित छैन । यहाँको पर्यटनको हिस्सा संस्कृति र साहसिकता पनि हो । ‘नेचर, कल्चर र एडेभन्चर’लाई पोखरा मात्र नभएर नेपालकै पर्यटन विकासको मूल आधारसमेत मानिन्छ । प्रकृति र संस्कृतिले सजिएको पोखरा साहसिक पर्यटन गन्तव्यका रुपमा पनि परिचित छ ।
नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीको मनोबल बढाउँदै सरकार र आम जनसमुदायको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
यहाँका किसान यतिबेला धान थन्क्याउनमा व्यस्त छन् । दशैँ–तिहार सकिएसँगै खेतमा पाकेका धान भित्र्याउने कामले गाउँ–गाउँमा चहलपहल बढाएको छ । बिहानैदेखि किसान खेतबारीतिर धान थन्काउने, मुठा बाँध्ने र सुकाउने काममा जुटेका छन् ।