शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, कात्तिक २७ गते । नेपालका लागि अस्ट्रेलियाली राजदूत लियान जोन्स्टनले बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालसँग विदाई भेट गर्नु भएको छ।
राजदूत जोन्स्टनले गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री अर्याललाई भेटेर शिष्टाचार विदाई भेट गर्नु भएको हो।
भेटका क्रममा मन्त्री अर्याल र राजदूत जोन्स्टनबिच नेपाल र अस्ट्रेलिया रही आएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको गृहमन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द भट्टराईले जानकारी दिनुभयो।
साथै मन्त्री अर्यालले राजदूत जोन्स्टनलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद दिनुभएको छ। राजदूत जोन्स्टन सेप्टेम्बर १२, २०२४ मा नेपालका लागि राजदूत भएर आउनु भएको थियो।