• २७ कात्तिक २०८२, बिहिबार

मण्डप तथा धर्मशालाको उदघाटन

blog

इनरुवा नगरपालिका–९, बबिया जमुवामा रहेको राजाजी हिडिबार बाबा ग्रामथानमा मण्डप उद्घाटन गर्दै । तस्बिरः जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, कात्तिक २७ गते । सुनसरीको इनरुवा नगरपालिका–९, बबिया जमुवामा रहेको राजाजी हिडिबार बाबा ग्रामथानमा मण्डप तथा धर्मशालाको उदघाटन  गरिएको छ । 

सदियौं पुरानो ऐतिहासिक धार्मिकस्थलको रूपमा रहेको इनरुवा-९, बबिया राजाजी डिहिबार बाबा ग्रामथान जमुवाको परिसरमा अष्ट्याम मण्डप तथा धार्मिक कार्यक्रमका सहभागीहरूलाई बस्ने धर्मशालाको उदघाटन गरिएको हो । 

डिहिबार बाबा ग्रामथान जमुवाको अष्ट्याम मण्डपको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी र धर्मशालाको कोशी प्रदेशसभा सदस्य रामप्रसाद मेहताले उदघाटन  गर्नुभयो ।

हिडिबार थानमा मण्डप तथा धर्मशालाको उदघाटनअघि सयौंको सङ्ख्यामा स्थानीयले कलश यात्रा निकाल्नु भएको थियो । यहाँका श्रद्धालु भक्तजनहरूको उत्साहजनक उपस्थितिमा दुई कार्यक्रमबिच उदघाटन भएको स्थानीय समाजसेवी प्रधानाध्यापक शिवनन्दन मेहताले जानकारी दिनुभयो । 

कार्यक्रममा बोल्नु हुँदै प्रदेशसभा सदस्य रामप्रसाद मेहताले धर्मकर्मको उदगम थलो भएको राजाजी डिहिबार बाबा ग्रामथान हिन्दुहरूको आस्थाको केन्द्र भए पनि मुस्लिमहरूले समेत सहयोग गरेको बताउनुभयो । 

इनरूवा वार्ड नम्बर ५ का वडाध्यक्ष अनिल पोखरेल, अपन स्वर्ग नेपाल कला संस्कृतिका केन्द्रीय अध्यक्ष झोटन मेहता लगायत मान्यजन, श्रद्धालु भक्तजनहरूको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।