कोलम्बो, कात्तिक २७ गते । श्रीलङ्काको नौ सेनाले यो वर्षमा हाल सम्म ३२८ जना भारतीय माझीलाई आफ्नो देशको जल-क्षेत्रमा अवैध सिकार गरेको आरोपमा पक्राउ गरेको मत्स्यपालन, जलीय तथा महासागर संसाधन उपमन्त्री रत्ना गामागेले बिहीबार बताउनु भएको छ ।
उहाँले पत्रकारलाई नौ सेनाले भारतीय माझीहरूले माछा मार्नका लागि प्रयोग गरेका ४१ वटा माछा मार्ने डुङ्गासमेत जफत गरेको उल्लेख गर्नु भएको छ । सन् २०२४ को तुलनामा चालु वर्षमा पक्राउ पर्नेको सङ्ख्या उल्लेखनीय वृद्धि भएको जनाउँदै श्रीलङ्काको जल-क्षेत्रमा विदेशी माझीको अवैध प्रवेश नियन्त्रणका लागि अधिकारीहरूले कारबाही तीव्र पारेको उहाँले बताउनु भएको छ ।
गामाजेले नौसेनालाई मत्स्यपालन, जलीय र समुद्री स्रोत मन्त्रालय र श्रीलङ्काली प्रहरीले यो अपरेसनमा सहयोग र समन्वय गरेको बताउनु भएको छ । पछिल्लो समयमा श्रीलङ्कामा प्रतिबन्धित तथा विनाशकारी माछा मार्ने विधिको प्रयोगका कारण श्रीलङ्काको पानीमा अवैध शिकार गर्ने विदेशी माझीले स्थानीय माझी र देशको समुद्री वातावरणका लागि अस्तित्वगत खतरा उत्पन्न गरेकोमा उहाँले दुःख व्यक्त गर्नु भएको छ । रासस/सिन्ह्वा