• २७ कात्तिक २०८२, बिहिबार

विद्यार्थीलाई स्वीटर र टोपी वितरण

blog

गुणबहादुर रोका 

सुलीकोट, कात्तिक २७ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिका-७ मा रहेको कालरात्री मावि लापुका १५७ जना विद्यार्थीलाई स्वीटर र न्यानो टोपी वितरण गरिएको छ । बिहीबार नेपाल वीइथआउट लिमिटस टिमले न्यानो स्वीटर र टोपी वितरण गरेको धार्चे वडा नम्बर ७ का वडा अध्यक्ष राकेश गुरुङले जानकारी दिनुभयो । 

उहाँका अनुसार उत्तरी गोरखाका अधिकांश ठाउँमा मौसमा फेरबदल भएसँगै अत्यधिक मात्रामा चिसो बढ्न थालेपछि वीइथआउट लिमिटस टिमसँग समन्वय गरी कालरात्री माविका विद्यार्थीहरुलाई स्वीटर न्यानो टोपी वितरण गरिएको उहाँले बताउनुभयो । 

चिसो मौसम सुरु भएसँगै विद्यार्थीहरुलाई विद्यालय आवागमनमा सहजता पुर्‍याउने उद्देश्यले यो सहयोग कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ । 

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राकेश गुरुङको अध्यक्षतमा रामप्रसाद मगरको प्रमुख अतिथि र लक्ष्मी घलेको विशेष उपस्थितिमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी शिक्षक अभिभावक सङ्घका पदाधिकारी, सम्पूर्ण सरोकारवाला, शिक्षाप्रेमी, बुद्धिजीवी विद्यार्थी अभिभावक सम्पूर्णको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।