नवराज नेपाली
बागलुङ (गलकोट), कात्तिक २७ गते । बागलुङका क्रियाशील पत्रकारहरूका लागि दुई दिने मल्टिमिडिया सम्बन्धी तालिम बुधबारदेखि सुरु भएको छ । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाको आयोजना तथा प्रेस रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशको सहयोगमा बुधबारदेखि बागलुङमा सुरु भएको मल्टिमिडिया पत्रकारिता तालिमको गण्डकी प्रदेश प्रेस रजिष्ट्रार बिमला भण्डारीले उद्घाटन गर्नुभयो ।
उद्घाटनपछि बोल्दी भण्डारीले आधुनिक युगमा पत्रकारिताको दायरा विस्तार भएको बताउनुभयो । उहाँले प्रविधिमा अब्बल पत्रकार नै आजको दिनमा टिक्न सक्ने भन्दै मोबाइल पत्रकारिता तालिमले बागलुङका पत्रकारहरूलाई पत्रकारितामा थप सघाउने बताउनुभयो ।
“सुरुमा मोबाइलबाट कसरी पत्रकारिता हुन्छ भन्ने गर्दथ्यैं, जमाना एआईको आइसक्यो, स्थलगत रूपमा नै समाचार दिन नसके अहिलेको जमनामा धेरै ढिला भइसक्छ” भण्डारीले भन्नुभयो “प्रेस रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशले गण्डकीका सबै जिल्लामा पत्रकारिता तालिम सञ्चालनको शुरुवात बागलुङ जिल्लाबाट गरेको छ ।”
तालिममा पत्रकार विकास कार्कीले फोटो, भिडियो कसरी खिच्ने र आधुनिक प्रविधिको जमानामा मोबाइलबाटै भिडियो सहितको समाचार कसरी पस्कने विषयमा तालिममा प्रशिक्षण दिनुभएको छ । तालिममा बागलुङका ३५ जना पत्रकारहरूको सक्रिय सहभागिता रहेको पत्रकार महासङ्घ बागलुङका अध्यक्ष राम थापाले जानकारी दिनुभयो ।
उद्घाटनपछि बोल्दै भण्डारीले आधुनिक युगमा पत्रकारिताको दायरा विस्तार भएको बताउनुभयो । उहाँले प्रविधिमा अब्बल पत्रकारनै आजको दिनमा टिक्न सक्ने भन्दै मोबाइल पत्रकारिता तालिमले बागलुङका पत्रकारहरूलाई पत्रकारितामा थप सघाउने बताउनुभयो ।