भारतको परम्परागत रणनीतिक संयमले गत दशकका प्रमुख आतङ्कवादी घटनाक्रम र जनस्तरका कडा अपेक्षालाई चुनौती दिँदै एक नयाँ, दृढ र प्रष्ट सुरक्षा सिद्धान्तका लागि मार्ग बनाइरहेको छ ।
शारदा घरदैलो प्रतिभा प्रवाह साहित्यिक कार्यक्रम शनिवार शुक्रनगरमा सम्पन्न भयो ।
११औँ धारा नेपालगन्ज म्याराथनको उपाधि नेपाली सेनाका खडकबहादुर खड्काले जित्नुभएको छ । हाफ म्याराथनको उपाधी पनि नेपाली सेनाकै पूर्णलक्ष्मी न्यौपानेले जित्नुभएको छ ।
भियतनामको मध्य क्षेत्रमा भारी वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको जनाउँदै १३ जना अझै बेपत्ता रहेको भियतनाम प्रकोप र डाइक व्यवस्थापन प्राधिकरणले शनिबार रिपोर्ट गरेको छ ।
सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाका कार्यवाहक अध्यक्ष कल्पनाकुमारी चौधरीले सुशासन, पारदर्शिता र जनमुखी सेवालाई प्राथमिकतामा राखेर नेतृत्व अघि बढाउने घोषणा गर्नु भएको छ।
भुटानी प्रधानमन्त्री छिरिङ तोब्गे दुईदिने राजकीय भ्रमणका लागि शनिबार ढाका आइपुग्नुभएको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत शनिबारको खेलमा जितका लागि लुम्बिनी लायन्सले कर्णाली याक्सलाई एक सय ५७ रनको लग्क्ष्य दिएको छ ।
नेपाली कम्युनिष्ट पार्टीले धनगढीमा आयोजना गरेको पार्टी एकता सन्देश सभा तयारी छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
गत असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म गुल्मी जिल्लामा २८ सय २३ जनाले नयाँ मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
इजिप्टको कायरोमा नोभेम्बर २७ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा नेपालकी एरिका गुरुङ ६८ केजीमाथि तथा सानुमाया थिङले एकल कातामा प्रतिस्पर्धा गर्नुहुनेछ ।
खानेपानी मन्त्रालयले खानेपानी, सरसफाइको क्षेत्रमा अध्ययन अनुसन्धानका लागि विभिन्न साझेदारसँग छलफल आयोजना गरेको छ ।
उत्तरी युरोपदेखि हजारौँ किलोमिटर यात्रा गर्दै आकर्षक पक्षी हुटिट्याउँको एउटा बथान मेचीनगर आइपुगेको बताइएको छ ।
राजन रावत हुम्ला, मङ्सिर ६ गते । खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले सहुलियत मूल्यको खाद्यान्न कोटा थप गरेको छ । यसअघि लिमिटेडले सिमकोट शाखा र दुई वटा डिपोबाट निर्धारण गरेको खाद्यान्न सबै बिक्री भएपछि उक्त मूल्यको खाद्यान्न थप गरिएको हो । लिमिटेड सिमकोट शाखाका प्रमुख कृष्णबहादुर थापामगरका अनुसार लिमिटेडले सहुलियत मूल्यको खाद्यान्न कोटा थप भएको छ ।सो थपिएको सहुलियत मूल्यको खाद्यान्न शाखा र डिपोमा बिक्री समेत सुरु भएको उहाँले बताउनुभयो ।उहाँका अनुसार दोस्रो पटक थपिएको सहुलियत मूल्यको खाद्यान्न कोटामा दुई हजार पाँच सय क्विन्टल खाद्यान्न एक सय क्विन्टल चिनी र दुई हजार लिटर तेल रहेको छ । यो सहुलियत मूल्यको खाद्यान्न उपभोक्ताको माग अनुसार लिमीटेडले थप गरेको हो । गत भदौ ३० गतेबाट सहुलियत पसलबाट चामल, तेल र चिनी बिक्री सुरु गरिएको थियो । हालसम्म दुई हजार ४०३ क्विन्टल खाद्यान्न, ४४ दशमलव ४९ क्विन्टल चिनी र दुई हजार २३९ लिटर तेल बिक्री हुँदा एक करोड ८६ लाख १५ हजार ५३४ रुपियाँको बिक्री भएको छ । खाद्यान्न बिक्रीमा शाखासँग सात प्रकारको चामल रहेकोमा उपभोक्ताको चाहना अनुसार सबै खाले चामल बिक्री भई रहेको छ । उपभोक्ताको आवश्यकता अनुसार चारदेखि पाँच बोरा चामल बिक्री गर्ने गरिएको थियो । त्यसैगरी अदानचुली गाउँपालिकाको डिपो कार्यालय श्रीनगर, सर्केगार्ड गाउँपालिकाको सर्केगार्ड डिपो, नाम्खा गाउँपालिकाको बिक्री केन्द्र याल्वाङबाट सहुलियत पसलबाट खाद्यान्न बिक्री भएको थियो । लिमिटेडले चाडपर्व लक्षित गरि चामल र चिनीमा प्रतिकेजी पाँच रुपियाँ तथा तेलमा प्रतिलिटर सात रुपियाँ छुटको ब्यवस्था गरेको थियो ।
युक्रेनले युद्ध अन्त्य गर्न अमेरिकी पक्षबाट ल्याइएका प्रस्तावमा प्रतिक्रिया तयार गर्ने कार्य तीव्ररूपमा अघि बढाएको छ । उक्त योजनामा रूसी महासङ्घका कडा र गम्भीर माग समावेश गरिएका छन् ।
राधाकृष्ण डुम्रे वालिङ (स्याङ्जा), मङ्सिर ६ गते । स्याङ्जाको चापाकोट नगरपालिका–४ मा सञ्चालन भएको वृहत स्वास्थ्य शिविरबाट सात सय २७ जना लाभान्वित भएका छन् । गाउँमा नै विशेषज्ञसहितको स्वास्थ्य सेवा उपलब्ध हुने भए पछि चापाकोट सहित छिमेकी हरिनास र बिरुवा गाउँपालिकाबाट पनि नागरिक शिविरमा पुगेका थिए । खुमा अर्याल फाउन्डेसनले आफ्नो सातौँ स्थापना दिवसको अवसर पारेर गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो । फाउन्डेसनले स्थानीय मल्याङकोट स्वास्थ्यचौकी दार्सिङमा चापाकोट नगरपालिकाको समन्वय, गण्डकी मेडिकल कलेज पोखरा र नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको प्राविधिक सहयोगमा बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा उपचार गराउन आएकाहरू मध्ये जटिल समस्या भएका बिरामीहरूका लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको छ । रिफर गरिएका बिरामीका लागि औषधीमा पाँच प्रतिशत र सेवामा २० प्रतिशतसम्म छुट दिइने फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माको भनाइ छ । शिविरमा महिलाको पाठेघरको क्यान्सरको लागि विशेषज्ञ परीक्षण एवम् भिडियो एक्स रे, मुटुको भिडियो एक्स रे, इको, इ सि जि तथा प्रयोगशाला सेवा समेत उपलब्ध थियो । खुमा फाउन्डेसनले हरेक वर्ष फाउन्डेसनले स्थापनाको अवसरमा मङ्सिर ५ मा विभिन्न रचनात्मक र राहत मूलक कार्यक्रमहरू आयोजना गरेर दिवस मनाउँदै आएको छ । शिविरमा चापाकोट नगरपालिकाका नगर प्रमुख देवबहादुर खाण (ईश्वर)ले फाउण्डेसनले विकट गाउँमा विशेषज्ञ स्वास्थ्य सेवा दिँदा गाउँका नागरिकलाई प्रत्यक्ष फाइदा पुगेको बताउनुभयो । कार्यक्रममा उद्यमी तथा फाउन्डेसनका संस्थापक खुमाप्रसाद अर्यालले आफूहरूले विकट गाउँका नागरिकलाई लक्षित गर्दै स्वास्थ्य सेवा दिने अभियान नै चलाएको जानकारी दिनुभयो । शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर मधु रोका, वरिष्ठ रेडियोलोजिस्ट डा. केशव शर्मा, वरिष्ठ नाक कान, घाँटीरोग विशेषज्ञ डा. सञ्जय कोइराला, स्त्रीरोग विशेषज्ञ डा. विनीता शर्मा, वरिष्ठ हाडजोर्नी, बाथ तथा छाला रोग विशेषज्ञ डा. ईश्वर कडेल, छाला रोग विशेषज्ञ डा. रक्षा पाठक, वरिष्ठ दन्तरोग विशेषज्ञ डा. उज्ज्वल कोइराला, बालरोग विशेषज्ञ डा. सन्दीप पोख्रेल र जनरल सर्जन डा. आनन्द भट्टराई लगायतका वरिष्ठ स्वास्थ्यकर्मीहरूले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।