पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले शैक्षिक गुणस्तर सुधारको अभियान थालेको छ । नगरप्रमुख शम्भुलाल श्रेष्ठले ‘पढाउने होइन, सिकाउने’ अभियानबाट शिक्षकहरूमा सकारात्मक ऊर्जा थपी समग्र शैक्षिक गुणस्तरमा गुणात्मक वृद्धि हुने विश्वास लिएको बताउनुभयो ।
हाँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा सोमबार दुई खेल हुनेछन् । पहिलो खेलमा बिहान पौने १२ बजे साविक विजेता जनकपुर बोल्ट्स र विराटनगर किङ्स तथा दोस्रो खेलमा अपराह्न ४ बजे साविक उपविजेता सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबिच प्रतिस्पर्धा हुनेछ ।
पुतलीबजार नगरपालिका वडा नं.–५ पौवैगौडेको गौडेको सितला माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
जलवायु परिवर्तनको असर विश्वभर छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको सम्मेलन (कोप) भर्खरै मात्र ब्राजिलको बेलेम सहरमा सम्पन्न भयो । नेपालको कोपमा बर्सेनि सहभागिता छ ।
जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका एक फरार कैदीलाई पक्राउ गरी पुनः कारागार चलान गरिएको छ ।
सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म नीतिगत तथा दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
सरकारले बाँसबाट निर्माण हुने संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन स्वीकृत गरेको छ । उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसबाट निर्माण हुने संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन, २०८२ स्वीकृत गर्नुभएको हो ।
कुनै पनि देश कमजोर हुनु भनेको अर्थतन्त्र बलियो नहुनु हो । सन् २०२२ मा श्रीलङ्का टाट पल्टियो भन्नुको अर्थ श्रीलङ्काली अर्थतन्त्र निकै कमजोर भएको अवस्था थियो । अर्थतन्त्र टाट पल्टिए पनि देश सार्वभौम रहिरहन्छ ।
रौतहटको गौर नगरपालिका वडा नं. २ स्थित भन्सार एरियाबाट सशस्त्र प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
नेपालको शिक्षा प्रणाली लामो समयदेखि प्रमाणपत्र–केन्द्रित मानसिकतामा जकडिँदै आएको छ ।
स्याङ्जाको वालिङमा आगामी माघमा महोत्सव हुने भएको छ । वालिङ उद्योग वाणिज्य संघको आयोजनामा ‘नवौ वालिङ महोत्सव’ गर्न लागेको हो । माघ १४ देखि २५ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारीमा संघ जुटेको हो ।
सप्तरी प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिकाबाट अवैध रुपमा लुकाएर राखिएको रसायनिक मल डिएपी नियन्त्रणमा लिएको छ ।
विकास एक निरन्तर प्रक्रिया हो । यसको विद्युत्सँग गहिरो सम्बन्ध हुन्छ । जुन देशमा बिजुलीको बढी खपत हुन्छ, त्यहाँ बढी आर्थिक विकास हुन्छ तर जुन देशमा बिजुलीको खपत कम हुन्छ, त्यहाँ पछौटेपन बढी हुन्छ । नेपाल जलस्रोतका लागि धनी मानिन्छ । यो विश्वको एक विपुल जलभण्डार हो । जसको सही परिचालनबाट जलविद्युत् मात्र नभई बढ्दो सिँचाइ एवं खानेपानीको समस्या समाधान गर्न सकिन्छ ।
ताप्लेजुङको तेम्बा बजारका आगलागीपीडितलाई कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगामले आर्थिक सहयोग गर्नुभएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा सम्पादित स्वास्थ्य सेवा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गरी निर्धारित सूचकको आधारमा सर्लाहीको लालबन्दी नगरपालिका मधेश प्रदेशमै पहिलो भएको छ ।