• ८ मंसिर २०८२, सोमबार

जेनजी अन्दोलनका क्रममा फरार भएका कैदी पक्राउ

blog

कारागार कार्यालय सप्तरी । तस्बिर : विनय कर्ण

विनय कर्ण
कल्याणपुर (सप्तरी), मङ्सिर ८ गते ।
जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका एक फरार कैदीलाई पक्राउ गरी पुनः कारागार चलान गरिएको छ ।

जेनजी अन्दोलनको क्रममा कारागार कार्यालय सप्तरी राजविराजबाट फरार कैदी कामेश्वर मण्डललाई पक्राउ गरी कारागार चलान गरिएको हो ।

इलाका प्रहरी कार्यालय बोदेबरसाईनबाट खटिएको प्रहरी टोलीले सप्तरीको बोदेबरसाईन नगरपालिका वडा नम्बर १ महनौरीका मण्डललाई पक्राउ गरी आइतबार कारागारमा बुझाएको जिल्ला प्रहरी खडक सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।

उहाँले मण्डल जवरजस्ती करणी मुद्दामा अदालतबाट सात वर्ष कैद र तीन लाख रुपियाँ जरिवाना सजाय पाएर जेल जीवन बिताउँदै आएको बताउनुभयो ।