अर्जुन काफ्ले
स्याङ्जा, मङ्सिर ८ गते । पुतलीबजार नगरपालिका वडा नं.–५ पौवैगौडेको गौडेको सितला माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।विद्यालयमा अध्यनरत १४५ विद्यार्थीलाई बैंकले एक लाख ५० हजार रुपियाँको न्यानो कपडा वितरण गरेको हो ।
बैंकले आफ्ना सेवाग्राही र कार्यक्षेत्रका सबै पक्षसँग हातेमालो गर्दै अगाडि बढ्ने लक्ष्यसहित विद्यालयमा न्यानो कपडा वितरण गरेको बैंकका सञ्चालक भरतप्रसाद लम्सालले बताउनुभयो ।
बैंकलाई माथि उठाउन समाजका हरेक नागरिकको समान भूमिका रहेको स्मरण गर्दै सञ्चालक लम्सालले समाजको त्यहि वर्गको उत्थानमा बैंकले काम गर्दै आएको बताउनुभयो ।
बैंक तथा वित्तीय संस्थाहरुले नाफा आर्जनका गतिविधिमा मात्रै आफूलाई सिमित नराख्न आग्रह गर्दै लम्सालले समाजका गरिब, जेहेन्दार, मेहनती विद्यार्थी र लगनशिल, कर्मशिल वर्गका मानिसलाई सहयोग गर्दै अगाडि बढन आग्रह गर्नुभयो ।
मुक्तिनाथ विकास बैंकले आफ्नो सेवालाई उच्च प्राथमिकतामा राखेर नागरिकको समयानुकूल सेवामा खटिरहेको मुक्तिनाथ विकास बैंक उप–क्षेत्रिय कार्यालय स्याङ्जाका प्रमुख ऋषि ढकालले बताउनुभयो ।
उहाँले समाजका प्रत्येक वर्गको उत्थान र प्रगतिमा मुक्तिनाथ बैंकले सहकार्य गर्दै जाने जाने बताउनुभयो ।
२०६३ सालदेखि स्याङ्जाबाट कारोबार सुरु गरेको मुक्तिनाथ विकास बैंक छोटो समयमै राष्ट्रियस्तरका बैंकमध्ये अब्बल र उत्कृष्ट बन्न सफल भएको छ । बैंकको चुक्तापुँजी नौ अर्ब नाघेसँगै बैंकले वाणिज्य स्तरको बैंक बन्ने प्रक्रिया थालेको छ ।
यस्तै विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको साझा मञ्च पूर्वविद्यार्थी मञ्चको सक्रियतामा विद्यार्थीलाई खेलकुद सामग्री हस्तारन्तरण गरिएको थियो । यहाँ १० हजार मूल्य बराबरको खेलकुद सामग्री विद्यालय मार्फत विद्यार्थीलाई हस्तान्तरण गरिएको हो ।