• ८ मंसिर २०८२, सोमबार

आगलागीपीडितलाई मन्त्री हाङ्गामको आर्थिक सहयोग

blog

आगलागीपीडितलाई आर्थिक रकम प्रदान गर्नुहुँदै मन्त्री हाङ्गाम । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू 
फुङलिङ, मङ्सिर ८ गते ।
ताप्लेजुङको तेम्बा बजारका आगलागीपीडितलाई कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगामले आर्थिक सहयोग गर्नुभएको छ । मन्त्री हाङ्गामले मिक्वाखोला गाउँपालिका–४ साँवाको तेम्बा बजारमा गत मङ्सिर २ गते मध्यराति भएको आगलागीपीडितलाई आर्थिक सहयोग गर्नुभएको हो ।

उहाँले आगलागीपीडित परिवारहरूलाई नगद ३६ हजार रुपियाँ प्रदान गर्नुभएको छ । दोस्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेलाको उद्घाटन गर्न तेम्बा बजार पुग्नुभएका मन्त्री हाङ्गामले आगलागीपीडितलाई थोरै सहयोग मिलोस् भन्ने हेतुले केही रकम प्रदान गरिएको बताउनुभएको छ । उहाँले आगलागी भएको स्थलको अनुगमन समेत गर्नुभएको छ ।

मिक्वाखोला गाउँपालिका–४ साँवाको तेम्बा बजारमा आगलागी हुँदा इन्द्रकुमार लिम्बू, राजकुमार लिम्बू, अनिल लिम्बू र विष्णुप्रसाद लिम्बूको घर जलेर पूर्ण रुपमा नष्ट भएको थियो । उक्त आगलागीबाट एक करोड १८ लाख रुपियाँभन्दा बढीको क्षति भएको थियो ।