आगामी पुस १ गतेदेखि बाघ गणना थालिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो ।
थाइल्यान्डका विदेशमन्त्री सिहासाक फुआंगकेटकोले आगामी महिनादेखि सुरु हुन लागेका म्यान्माकाे निर्वाचन स्वतन्त्र र विश्वसनीय दुवै नहुने स्पष्टरूपमा बताउँदै हिरासतमा रहनुभएकी लोकतान्त्रिक नेत्री आङ सान सुकीको तुरुन्त रिहाइको आह्वान गर्नुभएको छ ।
जिल्लामा प्रमुख खाद्यान्न बालीका रूपमा रहेको धानको उत्पादन यस वर्ष बढेको छ । गत वर्षको तुलनामा तीन दशमलव एक प्रतिशतले धान उत्पादन वृद्धि भएको कृषि विकास कार्यालयले जनाएको छ ।
जिल्लाको दक्षिणी क्षेत्रको बाजुरा जिल्लासँग सिमाना जोडिएको ताँजाकोट गाउँपालिकाका सबै वडाहरुमा सडक सञ्जाल जोडिएका छन् ।
लामो प्रतीक्षापछि कपिलवस्तुका ७ हजार ६८० जना गाउँ ब्लक पीडितले लालपुर्जा पाउन सफल भएका छन् । गाउँ ब्लकको २०७३ सालमा नापी भए पनि उनीहरुले यस वर्ष लालपुर्जा पाएका हुन् ।
जेनजी आन्दोलनका क्रममा जिल्लाका विभिन्न क्षेत्रमा तोडफोड, आगजनी र लुटपाट गर्ने ४३ जनालाई पक्राउ गरी कारबाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।
रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
बैतडीको शिवनाथ गाउँपालिका–२, मडैगाउँ स्थायी घर भई कोरियाली भाषा अध्ययनका लागि काठमाडौँ आउनुभएका १८ वर्षीय दीपकबहादुर साउदको कोरिया गएर परिवारको आर्थिकस्तर उकास्ने सपना जेनजी आन्दोलनको क्रममा सपनामै रोकियो ।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज अपराह्न ४ः०० बजे त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा विराटनगर किङ्ग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँ दुई हजार ६५२ मतदाता थपिएका छन् ।
म्याग्दीको मङ्गला गाउँपालिका–४, अर्भल्याङका स्थानीयले परम्परागत अन्नबालीको विकल्पमा व्यावसायिक रूपमा सुन्तलाखेती विस्तार गरेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) हेर्न पुगेका दर्शकले सुविधा र प्रविधिमा दोस्रो संस्करणको व्यवस्थापन प्रभावकारी रहेको प्रतिक्रिया दिएका छन् ।
यहाँस्थित मागुवोहर्जो रङ्गशालामा आज नेपाली राष्ट्रिय महिला फुटबल टोली इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले मुलुकमा सुशासनको प्रत्याभूति गराउँदै जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित भएको बताउनुभएको छ ।
गुल्मीमा १३ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइएको छ । राष्ट्रिय पोषण कार्यक्रमअन्तर्गत राष्ट्रव्यापि रुपमा वितरण भएको भिटामिन ‘ए’ र जुकाको औषधी यस जिल्लामा १३ हजार १३ जना बालबालिकालाई खुवाइएको हो ।