• १० मंसिर २०८२, बुधबार

एनपिएलः आज विराटनगर र चितवनबिच प्रतिस्पर्धा हुँदै

blog

काठमाडौँ, मङ्सिर १०  गते ।  नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत  आज अपराह्न ४ः०० बजे त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा विराटनगर किङ्ग्स र चितवन राइनोजबिच प्रतिस्पर्धा हुँदैछ । 

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर तीन खेल जितेर अङ्कतालिकाको दोस्रो स्थानमा छभने कुशल मल्ल नेतृत्वको चितवन राइनोज दुई अङ्कका साथ अङ्कतालिकाको चौथो स्थानमा छ । रासस