अचानक र नाटकीयरूपमा अन्तर्राष्ट्रिय कोष कटौतीले एचआइभी र एड्स विरुद्धको विश्वव्यापी प्रयासमा विनाशकारी परिणाम निम्त्याएको संयुक्त राष्ट्रसङ्घले जानकारी गराएको छ ।
कार्यक्रमको महिला तथा पुरुष दुवैतर्फका उत्कृष्ट उद्यमी सम्मानित हुनुभएकाे छ । महिला तर्फबाट केराबारी दालमोट भुजियाकी सञ्चालिका भीमकुमारी राई सम्मानित हुनुभएकाे छ भने पुरुषतर्फ ओजस्वी एग्रिकल्चर फार्म प्राइभेट लिमिटेडका सञ्चालक ओमकार थापा सम्मानित हुनुभएकाे हाे ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले सर्वसाधारण नागरिकको सुरक्षामा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ ।
पश्चिम नवलपरासीको सुनवलमा बुधबारदेखि 'कृषि उद्योग व्यापार, कला र संस्कृति समग्र सुनवलको समृद्धि' भन्ने मूल नाराका साथ पाँचौँ सुनवल महोत्सव सुरु भएको छ।
तनहुँको ऐतिहासिक र सांस्कृतिक पहाडी बस्ती बन्दीपुर आजदेखि छैटौं बन्दीपुर महोत्सव सुरु भएको छ ।
आठ करोड २४ लाख ३४ हजार रुपियाँको लागतमा बलेवा विमानस्थल कालोपत्र गरिएको छ । झण्डै ७ सय मिटर लम्बाइको धावनमार्ग कालोपत्रसहित एक हजार एकसय मिटर लामो मैदान ग्राभेल गरिएको छ ।
बाँकेको ग्रामीण क्षेत्रमा कार्यक्षेत्र रहेको इलाका प्रहरी कार्यालय धनौली खजुराले सेवा प्रवाहमा प्रविधिको उच्चतम प्रयोग गर्न थालेको छ ।
मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसिसी परियोजना अन्तर्गत पश्चिम नवलपरासीको सुनवलमा विद्युत प्रसारण लाइन निर्माणको बुधबार अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र अमेरिकी राजदूत डिन आर थम्प्सनले संयुक्त रुपमा शुभारम्भ गर्नुभएको छ ।
स्याङ्जा वालिङमा रहेको इलाका प्रशासन कार्यालयले अशक्त नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । वालिङ नगरपालिका –६ की १८ बर्षीया सीता पाण्डे, वालिङ नगरपालिका –३ का १७ बर्षीया किशमाया गुरुङलाई नयाँ नागरिकता प्रदान गरिएको हो ।
गत असारमा भत्किएको लमजुङ कारागार मर्मत हुन नसक्दा यहाँका कैदीबन्दीलाई बाहिरी जिल्लामै राख्नुपरेको छ । जिल्ला बाहिर बस्नुपर्दा कैदीबन्दीलाई अदालतमा पेशी लिन आउजाउमा समस्या भएको छ ।
नेकपा (एमाले) का नेता महेश बस्नेत आज धनगढी आउने खबर पाएपछि जेनजी युवा सडकमा उत्रिएका छन् ।
सडक दुर्घटनामा परी मृत्यु भएका पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवासहित मृतकको सम्झनामा धनकुटाको सिधुवामा स्मृति पार्क बन्ने भएको छ ।
क्रिकेटको महाकुम्भ मानिएको नेपाल प्रिमियर लिग (एनपिएल) मा नेपाली खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्न थालिएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा यही मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा हालसम्म ११ खेल सम्पन्न भइसकेका छन् ।
मुस्ताङमा पनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ ।
इजरायली सेनाले बुधबार कब्जा गरिएको वेस्ट बैंकको उत्तर क्षेत्रमा नयाँ ‘आतङ्कवाद विरोधी’अपरेसन सुरु गरेको घोषणा गरेको छ ।