जेनेभा, मङ्सिर १० गते । अचानक र नाटकीयरूपमा अन्तर्राष्ट्रिय कोष कटौतीले एचआइभी र एड्सविरुद्धको विश्वव्यापी प्रयासमा विनाशकारी परिणाम निम्त्याएको संयुक्त राष्ट्रसङ्घले जानकारी गराएको छ ।
युएनएड्सका कार्यकारी निर्देशक विनी ब्यानिमाले जेनेभामा पत्रकारसँग भन्नुभयो, “एचआइभीविरुद्धको विश्वव्यापी प्रतिक्रियाले दशकौँयताकै सबैभन्दा ठूलो धक्का बेहोरेको छ ।” नयाँ प्रतिवेदन प्रस्तुत गर्दै उहाँले ‘धेरै अन्तर्राष्ट्रिय दातृ निकायका लागि अचानक अन्तर्राष्ट्रिय कोष कटौतीको विनाशकारी परिणाम’ हुने चेतावनी दिँदै भन्नुभएको छ, “यसले न्यून तथा मध्यम आय भएका मुलुकलाई स्तब्ध बनाएको छ ।”
ब्यानिमाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वर्षको सुरुमै ह्वाइट हाउस फर्केपछि ‘संयुक्त राज्य अमेरिकाको अचानक रोक’लाई औँल्याउनुभयो, तर अन्य प्रमुख दाताले पनि उनीहरूको वैदेशिक सहायता खर्चमा उल्लेखनीय कटौती गरेको बताउनुभयो । “कटौती बोर्डमा नाटकीय छन्”, उहाँले भन्नुभयो, “यस वर्षको सुरुदेखि नै दर्जनौँ न्यून र मध्यम आय भएका देशमा एचआइभी सेवालाई निरन्तरता दिने जटिल पारिस्थितिक प्रणाली भित्रसम्म हल्लिएको छ ।”
ब्यानिमाले एचआइभी रोकथाम सेवामा ‘कमी’ भएको बारेमा विशेष चिन्ता व्यक्त गर्नुहुँदै भन्नुभयो, “यदि यसलाई सम्बोधन गरिएन भने सन् २०३० सम्ममा ‘३३ लाख थप नयाँ सङ्क्रमण’ हुने जोखिम हुन्छ । रासस/एएफपी