राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबार पनि दुई खेल हुँदैछन् ।
नेपाल र बङ्गलादेशबिच विद्युत् उत्पादन तथा व्यापारलाई थप विस्तारित गर्न दुई देशसम्बद्ध सचिवबिच सहमति भएको छ । बुधबार र बिहीबार बङ्गलादेशमा सम्पन्न नेपाल–बङ्गलादेश सचिवस्तरीय बैठकमा नेपालबाट बङ्गलादेश निर्यात हुने विद्युत् परिमाण विस्तारदेखि जलविद्युत् आयोजना निर्माण, प्रसारण लाइन संरचना विस्तारलगायतका विषयमा सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
सिद्धार्थ सञ्जाल रुपन्देहीले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने मागसहित गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएको छ । भैरहवामै आयोजित कार्यक्रममा गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै सञ्जालले विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्नुपर्नेलगायतका विभिन्न माग राखेको हो ।
रासायनिक मलको अभावमा नै जसोतसो धानबाली लगाएर उठाएका किसानलाई गहुँ छर्ने बेला उस्तै दुःख छ । धान काट्ने सिजन सकिएपछि बर्दियाका किसान गहुँ छर्न व्यस्त छन् तर गहुँका लागि आवश्यक युरिया, डिएपी र पोटास जस्ता रासायनिक मल नहुँदा खिन्न पनि छन् । धान र गहुँ दुवैका लागि उर्वर बर्दिया जिल्लामा किसानले बर्सेनि गहुँ रोपाइँअघि मल छर्ने अभ्यास गर्दै आएका छन् तर केही वर्षयता
नेपाली कांग्रेसका शीर्ष नेताले १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने सन्दर्भमा बिहीबार परामर्श गरेका छन् । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा १५ औँ महाधिवेशनको मिति र कार्यतालिकामा सहमति जुटाउन कांग्रेस नेता दिनभरि नै संवादमा जुटेका हुन् ।
मुलुकको सडक पूर्वाधारको क्षेत्रमा पहिलो पटक ‘सडक मर्मत एम्बुलेन्स’ प्रयोगमा ल्याइएको छ । काठमाडौँका सडक खाल्टाखुल्टी तत्काल मर्मत गर्न सडक एम्बुलेन्स सञ्चालन गरिएको हो ।
मधेश प्रदेश सरकार गठन विवादमा सर्वोच्च अदालतले अन्तिम सुनुवाइ सुरु गरेको छ । सरकार गठन असंवैधानिक भएकाले बदरको माग गर्दै दायर रिटमा सर्वोच्चको संयुक्त इजलासले बिहीबारदेखि अन्तिम सुनुवाइ सुरु गरेको हो । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेयको इजलासमा मुद्दा अब निरन्तर सुनुवाइ हुने छ । बिहीबार सुरु भएको मुद्दाको सुनुवाइ शुक्रबार पनि हुने गरी हेर्दाहेर्दैमा राखिएको छ ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको सुरक्षार्थ सेना परिचालन हुने भएको छ । नेपाली सेनाका परमाधिपतिसमेत रहनुभएको राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीपरिषद्ले गरेको सिफारिसका आधारमा निर्वाचन सुरक्षा प्रयोजनका लागि सेना परिचालनका लागि स्वीकृति हुनुभएको हो ।
बिहीबार बेलुका रुकुमपश्चिमको बाँफिकोटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
मिड भ्याली माध्यमिक विद्यालय कलेजले दोस्रो अन्तरविद्यालय विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी–२०८२ को आयोजना गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीसमक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट विचाराधीन रहेको र मुलुकमा निर्वाचनको वातावरण सुनिश्चित नरहेको विषयमा आफ्नो धारणा प्रस्तुत गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा सहभागी भएर जनताको मत जितेर आफ्ना राजनीतिक मुद्दा सम्बोधन गर्ने प्रक्रियामा आफै सहभागी हुन आग्रह गर्नुभएको छ।
धरान उपमहानगरपालिकाका प्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू प्रधानमन्त्री बन्न पार्टी खोलेको बताउनुभएको छ।
नेपाल संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यु–१९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा नेपालले हङकङलाई एक सय १९ रनले हरायो ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको बताउनुभएको छ ।