चालु आर्थिक वर्षको तीन महिनामा पाँच खर्ब ५३ अर्ब ३१ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो वर्षको असोज महिनाको तुलनामा ३५.४ प्रतिशत बढी हो । गत आवको असोज मसान्तसम्म चार खर्ब सात अर्ब ३१ करोड रुपि
बागलुङ नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा आगामी मंसिर १४ देखि १८ गतेसम्म बाङेचौर खेल मैदानमा हुने तेस्रो संस्करणको ‘मेयर कप’ फुटबल प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ ।
विश्वको भूराजनीति यतिबेला तरल अवस्थामा छ । एकपछि अर्को गर्दै हरेक राष्ट्रमा क्रान्ति र विद्रोहका लहर उठिरहेका छन् । एक दशकअघिको अरब विद्रोहले ट्युनिसिया, इजिप्ट र लिबियाका शासकलाई पतन गरायो । दक्षिण एसियाका तीन देशमा एकपछि अर्को सत्ता ढलेका घटना ताजै छन् । सन् २०२२ मा श्रीलङ्का, सन् २०२४ मा बङ्गलादेश र सन् २०२५ मा नेपालमा सत्ता परिवर्तन भए । जन
कालीकोटको पचालझना–६ घाटाचौर क्षेत्रमा सुख्खा पहिरो खस्दा एक जना मजदुर पुरिएका छन् । कर्णाली करिडोरअन्तर्गत सुर्खेत–हुम्ला सडक खण्डमा काम गरिरहेका पचालझरना गाउँपालिका –७ का पृथ्थि बोहोरा पहिरोमा पुरिनुभएको हो ।
नेपाल कम्युष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि गुल्मीबाट महाधिवेशन प्रतिनिधि छनोट हुन ६१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
थारू समुदायको पराम्परागतदेखि मानिँदै आएको लवाङ्गी पूजा यस वर्षसमेत धुमधामका साथ मनाइएको छ ।
नेपालयको ’आर’ शालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम पलेँटीमा यस पटक गायक फत्तेमानको सम्झना गरिँदै छ । पलेँटीमा गायक फत्तेमानसँग लामो सङ्गत गरेका सङ्गीतकार आभासले फतेमानका सम्बन्धमा निबन्ध–वाचन गर्नुहुने भएको छ ।
चलचित्र ‘परालको आगो’ को छायाङ्कन मङ्गलबार सम्पन्न भएको छ । निर्माण टोलीले छायाङ्कन सकिएको घोषणासँगै तीन फरक फरक ‘लुक्स’ का तस्बिर सार्वजनिक गरेको छ । गुरुप्रसाद मैनालीको चर्चित कथा ‘नासो’ सङ्ग्रहमा समावेश ‘परालको आगो’ माथि यो चलचित्र निर्माण गरिएको हो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–४ कर्रा चोकमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
कर्णाली प्रदेश सरकारले स्याउ विकास बोर्ड गठनको तयारी थालेको छ । कर्णाली प्रदेशका साबिक कर्णालीका जिल्लामा स्याउको उत्पादन, बजारीकरणलाई बढाई स्याउबाटै समृद्धि हासिल गर्ने उद्देश्यले प्रदेश सरकारले स्याउ विकास बोर्ड गठनको तयारी थालेको हो । चालु आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममै प्रदेश सरकारले बोर्ड गठन गर्ने जनाएको थियो ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ६० पैसा र बिक्रीदर १४३ रुपियाँ २० पैसा निर्धारण गरिएको छ ।
गोसाइँकुण्ड गाउँपालिका–६, धुन्चेका ४४ वर्षीय सेरामनुर्पु घले बर्सौंदेखि चौँरीपालन गर्दै आउनुभएको छ । हिमालको पहिचान झल्किने चौँरी घलेका लागि जीवनयापनको माध्यम मात्र बनेको छैन, व्यवसाय नै बन्न पुगेको छ ।
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आर्थिक भार पर्ने गरी बढाइएको स्वास्थ्य परीक्षण शुल्क बुधबारदेखि कार्यान्वयन आएको छ । तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले गत चैत ८ गते त्यस्तो मन्त्रीस्तरीय निर्णय गर्नुभएको थियो । उक्त निर्णय नै आजदेखि कार्यान्वयन भएको जनाइएको छ ।
नेपाली अर्थोडक्स चियाका लागि निकै खर्चिलो र बाध्यात्मक रहेको अर्गानिक प्रमाणीकरणमा लाग्ने वार्षिक शुल्क चिया उत्पादकका ठुलो समस्या बन्न थालेको छ । तेस्रो मुलुक निर्यात हुने नेपाली चियाका लागि अनिवार्य रहेको अर्गानिक प्रमाणीकरणको प्रक्रिया त्यसै पनि झन्झटिलो रहेको गुनासो छ ।
जेनजी आन्दोलनका सहिदका बालबालिकालाई अध्ययनका लागि गोल्यान ग्रुप, विद्यालय र अभिभावकबिच त्रिपक्षीय सम्झौता भएको छ । गोल्यान ग्रुपले गत असोज २४ मा गरेको घोषणालाई कार्यान्वयन गर्ने क्रममा त्रिपक्षीय सम्झौता भएको जनाएको छ ।