अमेरिकी आयात-शुल्क बढेपछि जर्मन उद्योगमा थप दबाब परेको एक नयाँ व्यावसायिक सर्वेक्षणले देखाएको छ । सर्वेक्षणका अनुसार, जर्मनीका करिब तीनमध्ये दुई उत्पादन उद्योगले आफ्नो उत्पादन विदेश सारिसकेका छन् ।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध पहिले ब्याटिङ गर्दैछ ।
यही मङ्सिरको अन्तिम साता काठमाडौंमा हुने नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनका लागि म्याग्दीबाट युवा नेता प्रकाश पौडेल सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधिमा चयन हुनुभएको छ।
सन् २०२५ को पहिलो नौ महिनासम्म विश्वभरि पर्यटक आवागमन लगातार बढ्दै गएको संयुक्त राष्ट्र पर्यटनले बिहीबार सार्वजनिक गरेको नयाँ तथ्याङ्कले देखाएको छ ।
काठमाडौँ महानगरपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिलाई निःशुल्क स्वास्थ्योपचार प्रदान गर्ने भएको छ ।
सल्यानमा विद्यार्थी सवार शैक्षिक भ्रमणको जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
यातायात व्यवस्था कार्यालय विराटनगरले अवरुद्ध सवारीचालक अनुमतिपत्र प्रदान सेवा सञ्चालनमा ल्याएको छ ।
धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक लगातार पाँचै दिन बढेर उकालो लागेको छ ।
दोलखाको तामाकोशी गाउँपालिकाले आगामी माध्यमिक शिक्षा परीक्षा (एसइई) लक्षित गर्दै आवासीय शिक्षण–सिकाइ कार्यक्रम सञ्चालन गरेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालसँग मधेस प्रदेशका गृह, कानुन तथा सञ्चार मन्त्री विमला अन्सारीले भेटवार्ता गर्नुभएको छ।
विशेषज्ञको अभाव हुँदा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको केन्द्रको सेवा प्रभावित भएको छ । केन्द्रमा विशेषज्ञ चिकित्सक अभाव भएपछि यहाँबाट प्रदान गरिँदै आइएको कलेजो प्रत्यारोपण रोकिएको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवन १७ ओभर २ बलमा ८९ रन रन बनाउँदा अलआउट भएको हो ।
नेकपा (एमाले) को राष्ट्रिय महाधिवेशनका लागि बाँकेबाट सर्वसम्मत प्रतिनिधि छनाेटको तयारी गरिएको छ ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति जनाएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाको निरीक्षण भ्रमण गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका सुरक्षा तयारीबारे प्रत्यक्ष जानकारी लिनु भएको छ ।