लुम्बिनी प्रदेशमा कुल जनसङ्ख्याको १९ दशमलव ६३ प्रतिशत नागरिक बिमाको दायरामा आबद्ध भएका छन् । नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयका अनुसार लुम्बिनी प्रदेशको कुल जनसंख्यामध्ये १९ दशमलव ६३ प्रतिशत नागरिकले बिमा गरेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र र निर्वाचन सुरक्षाका लागि म्यादी (अस्थायी) प्रहरीको सङ्ख्या यकिन गरी आवश्यक प्रक्रिया सुरु गर्न सम्बद्ध निकाय तयारीमा जुटेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र र निर्वाचन सुरक्षाका लागि म्यादी (अस्थायी) प्रहरीको सङ्ख्या यकिन गरी आवश्यक प्रक्रिया सुरु गर्न सम्बद्ध निकाय तयारीमा जुटेका छन् ।
जापानको औद्योगिक उत्पादन अक्टोबर महिनामा अघिल्लो महिनाभन्दा १.४ प्रतिशतले वृद्धि भएको छ ।
दक्षिणी सिरियाको बेइट जिन गाउँमा इजरायली सेनाले गरेको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको सिरियाली सरकारी टेलिभिजनले शुक्रबार जनाएको छ ।
इन्डोनेसियाको सुमात्रा टापुमा आएको बाढी र पहिरोका कारण कम्तीमा ८४ जनाको मृत्यु हुनुका साथै दर्जनौं बेपत्ता भएको उद्धार अधिकारीहरूले शुक्रबार बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घका उप प्रवक्ता फरहान हकले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको मानव अधिकारको सम्मान सुनिश्चित गर्न विश्व निकायले पाकिस्तानी अधिकारीलाई आग्रह गरेको पुष्टि गर्नुभएको छ ।
गुल्मीको सत्यवती गाउँपालिका –५ हँसरास्थित सत्यवती बहुमुखी क्याम्पसमा ज्ञान महायज्ञ सञ्चालन गरिनेभएको छ । क्याम्पसको समग्र विकासका लागि मङ्सिर १८ गतेदेखि २५ गतेसम्म राष्ट्रकल्याण एवं बिश्व शान्ति विराट धनधान्यचल साङ्ग–श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ–२०८२ सञ्चालन हुन लागेको हो ।
पाकिस्तानी प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार राणा सनाउल्लाह तथा पिटिआईका वरिष्ठ नेताहरूले पूर्व प्रधानमन्त्री इमरान खानको स्वास्थ्यबारे फैलिएका अनलाइन अटकलबाजी पूर्णरूपमा गलत रहेको बताउँदै उहाँ ‘पूर्णरूपमा ठिक रहनुभएको’ बताएका छन् ।
दोस्रो फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मेलामा आयोजित अन्तर क्लबस्तरीय आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको उपाधि पाँचथरको गणेश चोकले हात पारेको छ । विहीबार भएको फाइनल खेलमा हिमाली तोक्पेगोला युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै गणेश चोकले उपाधि हात पारेको हो ।
नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको पहिलो खेलमा काठमाडौँ गोर्खाजले चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको छ ।
गुल्मी दरवार गाउँपालिकाले आठ बर्षपछि आफ्नै भवन निर्माणको काम थालेको छ । स्थापनाकालदेखि स्थानीय व्यक्तिहरुको भाडाको घरमा बस्दैआएको गुल्मीदरवार गाउँपालिकाले अहिले आफ्नो प्रशासकीय भवन निर्माण सुरु गरेको छ ।
सदरमुकाम बेनीसँग ग्रामीण भेग जोड्ने बेनी–अर्थुङ्गे–तोरीपानी–पाखापानी सडक अन्तर्गत बेनी नगरपालिका –९ किरोखोरदेखि नेप्टेचौर खण्डमा कालोपत्रे गर्न सुरु गरिएको छ ।
बर्दियाको राजापुर नगरपालिकामा आयोजना गरिएको रक्तदान कार्यक्रममा ६३ पिन्ट रगत संकलन भएको छ । राजापुर नगरपालिकाको सहयोग र समन्वयमा स्वयंसेविका रक्तदाता समाज राजापुरको आयोजनामा राजापुर बजारमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो ।
धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडीका बाधुराम चौधरीले व्यावसायिक रूपमा बेतबाँसका सामग्री बेचेर मासिक रु ७० हजार आम्दानी गर्दै आउनुभएको छ । लामो समयदेखि उहाँले आफ्नो हस्तकला सीप प्रयोग गरी बेतका विभिन्न सामग्री निर्माण गरी बिक्री गर्दै आउनुभएको हो ।