प्रधानमन्त्री सुशीला कार्कीले सांस्कृतिक विविधता नेपालको गौरव रहेको बताउनुभएको छ । मङ्गलबार तमु ल्होसार महोत्सवलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले यस्तो बताउनुभएको छ ।
शीतलहरका कारण सडक चिप्लो हुँदा पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा दुई दिनदेखि सवारी आवागमनमा समस्या भएको छ ।
कैलालीको बर्दगोरिया गाउँपालिका-२, बौनियामा ट्याटु हाउसभित्र युवक मृत भेटिएका छन्।
पाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रले पछिल्लो समय विद्युत महसुल बक्यौता असुली र प्राविधिक सुधारको कामलाई तीव्रता दिएको छ ।
बुढानीलकण्ठ नगरपालिका–७, गोल्फुटार चोकमा आज भएको मोटरसाइकल दुर्घटना परी घाइते भएका चालकको मृत्यु भएको छ ।
कृषि तथा पशुपक्षी विकासमन्त्री डा. मदनप्रसाद परियारले च्याउ उत्पादन, प्रवर्धन तथा व्यावसायीकरण मन्त्रालयको प्राथमिकतामा रहँदै आएको बताउनुभएको छ ।
कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डिडिसी) र गोदावरी नगरपालिका–१ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।
पूर्वी गुल्मीको एक विद्यालयलाई ‘तीन तारा’ विद्यालय घोषणा गरिएको छ । यस जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर–४ मा अवस्थित जिवनोद्वार माध्यमिक विद्यालय ‘तीन तारा’ विद्यालय घोषणा भएको हो ।
नेपाल मेडिकल काउन्सिलको निर्वाचनबाट उपाध्यक्ष पदमा डा. कुञ्जाङ शेर्पा विजयी हुनुभएको छ ।
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाएका छन्।
मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीमा आज ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र अस्पतालले आफ्नो स्थापनाको १००औँ वर्ष पूरा गरेको छ ।
भौतिक पूर्वाधार तथा यातयातमन्त्री कुलमान घिसिङले ठेक्का तोड्नु सरकारको बाध्यता रहेको बताउनुभएको छ। सडक बोर्ड नेपालको २३ औँ वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा उहाँले सरकारले धेरै वर्षसम्म काम नभएका ठेक्का तोडेर व्यवस्थापन गर्ने काम गरिररहेको बताउनुभयो।
बालबालिकाका लागि ‘स्वर्णविन्दु प्राशन’ प्रभावकारी बन्दै गएको छ ।