शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
निराजन परियार
चौमाला (कैलाली), पुस १५ गते। कैलालीको बर्दगोरिया गाउँपालिका-२, बौनियामा ट्याटु हाउसभित्र युवक मृत भेटिएका छन्।
स्थानीय दिलिप ढुङ्गानाको घरमा सटर भाडामा लिएर ट्याटु हाउस सञ्चालन गर्दै आएका भजनी नगरपालिका–८ का अन्दाजी २५ वर्षीय सुमन चौधरी मृत भेटिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार सिंहले चौधरी सटर भित्र मृत अवस्थामा फेला परेको बताउनु भयो।
उहाँ झुन्डिएको अवस्थामा भेटिए पनि अहिले आफन्त आइरहेकोले थप अनुसन्धान त्यसपछि मात्र अघि बढ्ने डिएसपी सिंहले बताउनु भयो। अहिले प्रहरीले घटनास्थल सिल गरेर नियन्त्रणमा लिएको छ।