प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले भेटवार्ता गर्नुभएको छ ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा शिक्षण सिकाइ सामग्री निर्माण तालिम सुरु भएको छ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड नेपाल) को आयोजनामा गाउँपालिकाका तीनवटा वडाका १ सय ५४ शिक्षकहरूका लागि उक्त तालिम सुरु भएको हो ।
कैलालीको चुरे गाउँपालिका वडा नं ६ बस्ने प्रेम सिंह ठगुन्ना र कैलालीको गोदावरी नगरपालिका वडा नं २ बस्ने किसन सिंह साउदविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
युरोपेली सङ्घ (इयु) युनियनका जलवायु प्रमुखले अमेरिकाले संयुक्त राष्ट्रसङ्घीय जलवायु सन्धिबाट बाहिरिने घोषणा गरे पनि युरोपले विश्व तापक्रम वृद्धिसँग जुध्न अन्य राष्ट्रसँग सहकार्य निरन्तर जारी राख्ने स्पष्ट गर्नु भएको छ ।
दुई प्रदेशका स्थानीय सरकारले मिलेर कर्णाली नदीमा मत्स्य अभयारण्य क्षेत्र घोषणा गरेका छन् । कैलालीको टीकापुर र बर्दियाको राजापुर नगरपालिकाले मिलेर कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा मत्स्य अभयारण्य क्षेत्र बनाएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिजोमात्रै मन्त्री पदबाट राजीनामा दिनु भएका कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी प्रक्रियामार्फत औपचारिकता दिने तयारी भइरहेको बताउनुभएको छ ।
पर्यटन क्षेत्रका सरोकारवालाले पर्यटन व्यवसायका लागि अनुमति, दर्ता र इजाजत प्रक्रिया काठमाडौँ केन्द्रित नभई स्थानीय तहमा विकेन्द्रीकरण गर्नुपर्नेमा जोड दिएका छन् ।
सर्वोच्च अदालतले निषाद जातिलाई आरक्षण कोटा निर्धारण गर्न आदेश माग गर्दै दायर गरेको रिट निवेदनमा कारण देखाउ आदेश गर्दै लिखित जवाफ माग गरेको छ ।
साउदी अरेबियाले संयुक्त अरब इमिरेट्स (युएई)ले यमनमा राजद्रोहको आरोप खेपिरहेका एक पृथकतावादी नेतालाई गोप्य रूपमा देशबाट बाहिर निकालेर अबुधाबी पुर्याएको गम्भीर आरोप लगाएको छ ।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनमा सहभागी हुन बाँके कांग्रेस सभापति नारायण गौडेल र कांग्रेस केन्द्रीय सदस्य मैकुलाल बाल्मीकीले आह्वान गर्नुभएको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अर्को हप्ता डेनमार्कका अधिकारीसँग भेट गरी ग्रिनल्यान्डप्रति अमेरिकाको चासोबारे छलफल गर्ने योजना बनाएको बताउनु भएको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी (नव युवा पुस्ता) आन्दोलनका समयमा फरार भएका एक कैदी ताप्लेजुङबाट पक्राउ परेका छन् ।
टेकराज पोखरेलको नयाँ भजन ‘श्री स्वस्थानी देवी तिमी’ सार्वजनिक भएको छ । उक्त भजन कोहिनुर मिडिया प्रालिको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गिद्ध संरक्षणलाई दीगो बनाउँदै विषालु औषधीको प्रयोग नियन्त्रण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार निर्वाचन सुरक्षाका लागि जिम्मेवार रहेको बताउनु भएको छ।